मंसिर २६,२०७८
दैनिक १२ घन्टा हप्ताको सातै दिन सेवा दिने उदेश्यका साथ त्रिशक्ति मनि ट्रान्सफरको स्थापना गरिएको छ।
भरतपुरको चोक बजारमा संचालनमा ल्याइएको उक्त मनि ट्रान्सफरले हप्ताको सातै दिन बिहान ८ देखि साँझ ८ बजे सम्म सेवा दिने जनाएको छ।
बिदेशबाट पठाएको पैसा झिक्न र देशभरीनै पैसा पठाउने सेवा दिने अलवा विल भुक्तानी र हवाई टिकट खरीद सेवा सेमेत यहाँ बाट प्रदान गरिने संचालक संजिब ओझाले जानकारि दिए।
त्रिशक्ति मनि ट्रान्सफर बैंकिङ क्षेत्रमा अनुभव रहेको समुहले संचालन गरेकोले सेवा भरपर्दो र सुरक्षित हुने डाईरेक्टर रेशम तिमल्सिनाले बताए ।
नेपालमा रहेका सबै रेमिन्टको सुविधा दिने गरि संचालनमा रहेको यस मनि ट्रान्सफरमा अहिले आईएमी, हिमाल रेमिट, जि.एम.इ रेमिटेन्स, वेस्टन युनियन लगायतका रेमिटको सेवा उपलब्ध छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८