• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

महाधिवेशनस्थलमा आचार्यको हस्तलिखित पर्चाको किनभयो चर्चा !

  • खबरदाता

महाधिवेशनस्थलमा आचार्यको हस्तलिखित पर्चाको किनभयो चर्चा !

 

मंसिर २६,२०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता महेश आचार्यले हस्तलिखित पर्चा बाडेका छन।आचार्य बिना कुनै समुह उपसभापतिको पदमा चुनाबी मैदानमा छन।

अहिले महाधिवेशन स्थल भृकुटीमण्डपमा आचार्यको हस्तलिखित पर्चाले निकै चर्चा पाएको छ।
अन्य उमेदवारले रौनक देखाउँदै चुनाबि प्रचारप्रसार गरिरहदा बौद्धिक तथा शालिन आचार्यले भने महाधिवेशन प्रतिनिधिलाई हस्तलिखित पर्चा थमाएर भोट मागिरहेका छन।

अहिले उनको त्यो पर्चा सबैको सामु चर्चा बनिरहेको छ। उक्त पर्चाले आचार्यले साहनिभुति पनि पाइरहेको देखिन्छ ।

आचार्यले पर्चामा ‘प्रिय साथी, महाधिवेशनको हार्दिक शुभकामना’ भनेर शुरू गरेका छन , “मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईको विवेकले उचित निर्णय गर्नेछ!”

उनले कांग्रेसभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाई नयाँ जीवन दिन उपसभापतिमा उम्मेदवारी दिएको जनाएका छन्। “गुटबन्दीको धमिराले खाइराखेको संगठनको शक्तिलाई जोगाउनका लाग हो। निष्ठाको राजनीति गर्ने साथीहरूको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि हो,” आचार्यले भनेका छन्।

उनले कांग्रेस र देशलाई संकटबाट जोगाउनका लागि उम्मेदवारी दिएको बताएका छन्। “देश यति वेला गम्भीर संटकमा छ,” आचार्यले भनेका छन्, “मेरो उम्मेदवारी यो संकटबाट पार्टी र देशलाई जोगाउने वैचारिक अभियानमा केन्द्रित छ।”

  • प्रकाशित मिति : मंसिर २६, २०७८, आइतवार ११:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८