मंसिर २६,२०७८
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनकोले पहिलो मतदानबाटै सभापति टुङो नलाग्ने अबस्था देखिएको छ।
सभापतिका उमेदवार बिमलेन्द्र निधि पनि पहिलो चरणमा कसैले नजित्ने दाबी गरेका छन। पहिलो चरणमा फाइनल नभए दोस्रो चरणमा देउवाविरूद्ध मोर्चाबन्दी गर्ने उनले बताएका छन।
तीन जना आफु प्रकाशमान र शेखरमध्ये जसले बढी मत ल्याउँछ उसैलाइ सबैले सघाउने योजना रहेको निधिले बताए ।
‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन,’ निधिले भने, ‘त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ। त्यसबेला देउवाइतर रहेका हामी सबै एक हुन्छौं।’
दोस्रो चरणमा सभापतिका लागि मतदान गर्ने स्थिति बनेमा आफूसहित सभापतिका अन्य उम्मेदवारहरूले जसको बढी मत आउँछ उसैलाई सघाउने दाबी उनको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८