मंसिर २५,२०७८
अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० खारेजीको माग गर्दै यहीँ मंसिर २८ गते चितवन बन्दको घोषणा गरिएको छ।
एमसीसी विरुद्धमा विभिन्न बिरोधका कार्यक्रम गर्दै आएको एमसिसि खारेजी अयिभान संयुक्त संघर्ष समितिले बन्द आयोजना गरेको हो।
शनिवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त अभियानले १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको बताएको हो ।कार्यक्रममा संघर्ष समितिका सचिव अजीव पौडेलले बाध्यताबस आफुहरुले बन्दको आयोजना गर्नु परेको बताए । उनले बन्दमा माधव कुमार नेपाल नेत्तृत्वको नेकपा एकिकृत समाजबादरी र विप्लव नेतृत्वको नेकपाको समेत सहभागिता हुने बताए ।
बन्दका दिन शैक्षिक संस्था, कलकारखाना, बजार र यातायात पूर्ण रुपमा ठप्प पारिने हुने बताए ।साथै सबैले यसको लागि सहयोग गर्ने उनको भनाइ थियो।
एमसीसी नेपाल र नेपालीको हित विपरित भएको भन्दै विरोधमा उत्रिनु परेको संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले बताए । एमसीसीविरुद्ध जनहस्ताक्षर अभियान, विरोध कार्यक्रम, २७ गते मसाल जुलुस हुँदै २८ गते चितवनको आह्वान गरिएको उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८