• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

१४ औं महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने रामचन्द्र पौडेलको घोषणा

  • खबरदाता

१४ औं महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने रामचन्द्र पौडेलको घोषणा

मंसिर २५ ,२०७८

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा प्रतिस्पर्धामा नजाने निर्णय गरेका छन।

पार्टी भित्र देखा परेको परिस्थिति र त्यसको सन्दर्भ हेर्दा आफुले अध्यक्ष पदमा उम्मेद्बारी नदिदानै राम्रो हुने उनले बताएका छन।

सनिवार एक बिज्ञप्ति जारि गर्दै सबै महाधिवेशन प्रतिनिधिलाइ सबल र पार्टी एक ढिक्का बनाउने नेतृत्व चयन गर्न समेत अनुरोध गरेका छन।

आफुले बुझेको काङ्ग्रेस भित्र बिचलन आइरहेको र पार्टीलाइ सत्ताको भर्‍याङ नबनोस भनेर बिपि ,गणेशमान र किसुनजिले लडेक र दिएको त्याग आज निरर्थक भएकोमा आफुलाइ दुख लागेको उनले बताएका छन।

चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको भन्दै प्रजातन्त्रका मूल्य, मान्यता र आदेश अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेको उनले बताए।

उनले एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरूद्ध भने लडिनै रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
उमेदवार मनोनयन दर्ता अहिले ४ बजे सम्म रहने छ।

  • प्रकाशित मिति : मंसिर २५, २०७८, शनिवार ०८:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८