• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सहभागी सहकारीको अध्यक्षमा डासीराम ढकाल

  • खबरदाता

सहभागी सहकारीको अध्यक्षमा डासीराम ढकाल

 

मंसिर २४,२०७८

चितवन । सहभागी बचत ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा डासीराम ढकाल निर्वाचित भएका छन।

सहकारीको ९ औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनले ढकालको नेतृत्वमा ९ सदस्य कार्यसमिति चयन गरेको हो।

भरतपुर महानगरपालिका- ९ मा मुख्य कार्यलय सो सहकारीको भेलाले उपाध्यक्षमा ऋषिराम पौडेल , सचिबमा गोबिन्द प्रसाद आचार्य र कोषाध्यक्षमा रेखा पौडेललाइ निर्वाचित गरेको हो ।

यस्तै अन्य सदस्यहरुमा यम बहादुर पुन मगर,राधिका उपाध्याय , महेश्वर ढकाल ‘ख’ , महदत्त कंडेल र हरि प्रसाद सापकोटा रहेका छन।

उक्त भेलाले राजकुमार दुरालाइ लेखा संयोजक तथा अर्पण खनाल र नेत्र प्रसाद ढकाललाइ सदस्यमा समेत चयन गरेको छ ।

कार्यक्रममा सचिव डासिराम ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए।आर्थिक वर्ष २ करोड ७९ लाख ३९ हजार ४ सय रुपैयाँ ऋण लगानी भएकोमा आगामी वर्ष करिव ४ करोड लगानी गर्ने लक्ष्य लिइएको उनले बताएका ।

नियमित मासिक बचतमा ८ प्रतिशत, बालबचतमा १० प्रतिशत, दैनिक बचतमा ६ प्रतिशत र ऋणमा १२ प्रतिशत ब्याजदर प्रदान गर्दै आएको छ । २०६९ चैतमा २९ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ९ सय २५ जना शेयर सदस्य छन् ।

सहकारीको १ करोड ९० हजार ३ सय रुपैयाँ शेयर पुँजि र २ करोड २६ लाख ७९ हजार २ सय १० रुपैयाँ निक्षेप रहेको छ ।

  • प्रकाशित मिति : मंसिर २४, २०७८, शुक्रवार १४:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८