• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गिरिजाको सपना शान्ति र संविधान : प्रचण्ड

  • खबरदाता

गिरिजाको सपना शान्ति र संविधान : प्रचण्ड

मंसिर २४,२०७८

नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले गिरिजाको सपना शान्ति र संविधान रहेको बताएका छन।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले सो कुरा बताएका हुन।

गिरिजा प्रसाद कोइराला भएकैले आफुहरु हतियार बिसाएर यो अबस्थामा आएको उनको भनाइ थियो ।
गिरिजा प्रसादको देहबसान हुँदै गर्दा सडकबाट जनताले लगाएको ‘गिरिजाको सपना शान्ति र संबिधान’ भन्ने नारा आफुले अहिले पनि सम्झिरहेको उनले बताए ।

प्रधानमन्त्री शेर बहादुर देउवालेनै शान्ति प्रक्रियामा आउन भन्दै आफ्नो पार्टीलाइ पहिलो पत्र लेखेकोले बताउँदै शान्ति प्रक्रियामा आउन त्यो पत्रनै कोसे ढुङ्गा साबित भएको उनले बताए ।
तस्बिर स् सेतो पाटी

  • प्रकाशित मिति : मंसिर २४, २०७८, शुक्रवार १०:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८