• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मेरो पालामा श्रम मन्त्रालय श्रमिकको लगि स्वर्णिम काल हुनेछ : मन्त्री श्रेष्ठ


मेरो पालामा श्रम मन्त्रालय श्रमिकको लगि स्वर्णिम काल हुनेछ : मन्त्री श्रेष्ठ

 

केपी शर्मा – मंसिर २३,२०७८

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसान ले आफ्नो पालामा श्रम मन्त्रालय श्रमिककालागि स्वर्णिम युग हुने बताएका छन ।

चितवनको भरतपुर स्थिति नेकपा एकीकृत समाजबादिको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा श्रेष्ठले सो कुरा बताएका हुन।

श्रमको नाममा अहिले गाउँ गाउँमा , टोल टोलमा श्रमिकहरु ठगिएको बताउँदै त्यसलाइ समाधान गर्न यो सरकार लागि परेर काम गर्दै आएको उनले बताए । उनले भने , ‘बाहिर देशमा काम गर्न जाने बाहानामा होस या नेपालमै काम गर्ने बाहानामा होस श्रमिक ठगिएको भेटिएमा हामी तुरुन्तै एक्सन लिन्छौं । यदि यस्ता कामहरुकतै भएको देखेको भए हामीलाई तपाईहरुले पनि खबर गर्नु होला।’

मेनपावर कम्पनीमा लागु गरिएको फ्री भिषा फ्री  टिकटका नाममा ब्रम्हलुट भएको भन्दै यसलाइ पनि सरकारले ब्यबस्थित गर्ने उनले बताए । यसले तीन तहमा समस्या आएको उनको भनाइ थियो । श्रेष्ठले भने,  ‘फ्री भिषा फ्री टिकटले तीन ठाउँमा ठगिएका छन। पहिलो १ लाख २ लाख तिर्नुपर्छ अनि १० हजारको रसिद लिनु पर्‍यो।दोस्रो सरकारले १० हजारको मात्र कर लिन पाउने भयो। तेस्रो मेनपावर वालालाइ पनि १० हजार मात्र सेतो धन भयो बाकी सबै कालो।त्यसैले यसलाइ पारदर्शी बनाउनु पर्छ।’

देशमा ठुलो लगानि गरेर अध्ययन गरेका नर्सहरु सबै भन्दा धेरै ठगिएको श्रेष्ठले बताए । लाखौं खर्चेर पढ्ने अनि ५/७ हजारमा श्रम बेच्न बाध्य हुने । यसको बारेमा पनि सरकार गम्भीर रहेको उनले बताए । आफुले यसको बारेमा श्रम कार्यालयमा कुरा राखेको बताउँदै केहि दिनमै एक्सन लिने तयारि भएको श्रेष्ठलेको भनाइ थियो । उनले भने,  ‘किसान श्रेष्ठले कुन दिन अस्पतालमा छापा मार्छ। अनि कसले कसरी श्रम लुटेको छ पत्ता लाग्छ । त्यो बेला मेरो पार्टी , प्रधानमन्त्री त के भगवानले पनि मलाइ रोक्न सक्दैनन ।’

गठबन्धन सरकारले सस्तो लोकप्रियताको लागि नभएर भबिस्यमा जनतालाइ राम्रो छाप बस्ने गरि काम गर्दै गएको उनले बताए ।

  • प्रकाशित मिति : मंसिर २३, २०७८, बिहीवार १५:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८