मंसिर २१,२०७८
नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले प्रदेश १ को निर्वाचनना धनबाद र डनबादको प्रयोग भएको बताएका छन।
घिमिरेले प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेर बहादुर देउवाले आफुलाइ हराउन धनवाद र डनवादको प्रयोग गरेको आरोप लगाएका हुन।
आफ्नो गुटलाई पक्षपोषण र मलजल गर्न देउवाले प्रधानमन्त्रीको कुर्सी प्रयोग गरेको भन्दै उनले पार्टीको महाधिवेशनमा सत्ताको चरम दुरुपयोग गर्नेले निकट भबिस्यमा चर्को मुल्य चुकाउनुपर्ने बताए ।
आफुलाइ पार्टीबाट पाखा लगाउन दोस्रो पटक सभापतिले अस्त्र प्रयोग गरेको उनको आरोप थियो।
सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता घिमिरेले नेपाली काँग्रेस प्रदेश नं। १ को निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सत्ताको चरम दुरुपयोग गरी आफूलाई हराएर दोस्रो पटक राजनीतिक हिंसा गरेको बताएका हुन् ।
गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भए पनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको उनको भनाइ छ । उनले भने – ‘मूल्य स्खलनको एउटा चरम दृष्टान्त हो, जीवन्त दृष्टान्त हो प्रदेश नम्बर १ को निर्वाचन । पार्टीको सिद्धान्त, आदर्श, मूल्यमान्यतालाई कुल्चेर, त्यसलाई अपहेलित गरेर प्रदेश नम्बर १ को निर्वाचन सम्पन्न भयो । सत्ताको चरम दुरुपयोग गरियो ।
राजनीतिक हिंसाको शृङ्खला उहाँले नै सुरु गर्नुभएको हो । गत संसदीय निर्वाचनमा उहाँ सभापति हुनुहुन्थ्यो, उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो । र उहाँले एकपटक ममाथि हिंसा गरिसक्नु भएको थियो । टिकट वितरणको क्रममा जनमतबाट पनि नम्बर एक सिफारिस भएको व्यक्ति, योगदानले पनि र पहिचानले पनि नम्बर एक सिफारिसमा परेको व्यक्तिलाई उहाँले टिकटबाट वञ्चित गर्नुभयो । उम्मेदवार बन्नबाट वञ्चित गर्नुभयो । उहाँकै अध्यक्षतामा बसेको संसदीय बोर्डले टिकटबाट वञ्चित गरायो । त्यो राजनीतिक हिंसा थियो । र त्यो हिंसाको शृङ्खला अहिले फेरी दोहोरियो । पार्टीको आन्तरिक प्रतिस्पर्धामा एक नम्बर प्रदेशमा गठबन्धन बनाएर उहाँले अर्को हिंसा म माथि गर्नुभयो ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८