• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बागमतीमा कांग्रेस सभापतिका लागि बानियाँ र केसीबीच पुनः मतदान हुदै

  • खबरदाता

बागमतीमा कांग्रेस सभापतिका लागि बानियाँ र केसीबीच पुनः मतदान हुदै

 

मंसिर १९,२०७८

चितवन । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका लागि पुन मतदान हुने भएको छ।

तीन जना प्रत्यासी मध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुने भएको निर्वाचन सिमितले जनाएको छ ।

पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले ९९२, जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत ल्याएका थिए।

कांग्रेस बागमती प्रदेशमा कूल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान छ ।

  • प्रकाशित मिति : मंसिर १९, २०७८, आइतवार ०५:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८