• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राप्रपा अध्यक्षमा लिङ्देन बिजयी, थापाले भने ‘निर्मल निवासले हरायो’

  • खबरदाता

राप्रपा अध्यक्षमा लिङ्देन बिजयी, थापाले भने ‘निर्मल निवासले हरायो’

 

मंसिर १९,२०७८

राप्रपाको अध्यक्षमा कमल थापालाइ हराउँदै राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।

आइतबार बिहान सकिएको मतगणना अनुसार लिङ्देनले थापामाथि १ सय मतान्तरले बिजयी बनेका हुन। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।थापाले भने जम्मा १ हजार छ सय १७ मत मात्र ल्याएका थिए।

अध्यक्षमा पराजित भएपछि थापाले हार स्वीकार गरेका छन।सामाजिक संजाल मार्फत अध्यक्षमा लिङ्देन जितेकोमा बधाई दिदै भएका छन, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना। प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,।

थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु।’

  • प्रकाशित मिति : मंसिर १९, २०७८, आइतवार ०१:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८