मंसिर १९,२०७८
अध्यक्षका कुनै पनि उमेदवारको ५१ प्रतिशत मत नआएपछि नेपाली कांग्रेसको वागमती प्रदेशमा दोस्रो चरणको मतदान हुने भएको छ।
शनिबार भएको मतदानमा कुनै पनि उमेदवारको ५१ प्रतिशत मत नआएको निर्वाचन समितिले जनाएको छ।
शनिबार भएको मतदानमा सभापति पदका उमेदवार इन्द्र बानियाँले ९९२ मत ल्याए। यस्तै जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका थिए।
शनिबार हेटौँडामा भएको मतदानमा कुल २ हजार १५१ मध्ये २ हजार ८३ मत खसेको थियो।
अब पहिलो र दोस्रो बढी मत ल्याउने उमेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८