मंसिर १७, २०७८
चितवन। चितवनमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २९ स्थित सुविधानगरमा आज दिउसो साँढे १२ बजे मुग्लिनबाट नारायण्गढतर्फ आउँदै गरेको ना ६ ख ६७२७ नम्वरको टिपरले सोही दिशाबाट आउँदै गरेको प्रदेश २–०३–०० १ प ४२४९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल पछाडी सवार लमजुङ जिल्ला राइनास गाउँपालिका घर भएकी अन्दाजी ५५ वर्षीया चन्द्रकुमारी सार्कीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते सार्कीलाई उपचार गर्न भरतपुर अस्पतालमा ल्याइएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २८ का विकास नेपाली सामान्य घाइते भएका छन् ।
ठक्कर दिने ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८