• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अध्यक्षको सपथ पछि ओलीले भने : अनुशासन विनाको पार्टी बजारमात्रै हो

  • खबरदाता

अध्यक्षको सपथ पछि ओलीले भने : अनुशासन विनाको पार्टी बजारमात्रै हो

 

केपी शर्मा –  मंसिर १४,२०७८

 

सौराहा । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासन कायम राख्न निर्देशन दिएका छन् । १० औ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र सर्वसम्मत बाट छानिएका पदाधिकारीलाई निर्देशन दिदै ओलीले अनुशासन आयोग नाम मात्रैको नभएर परिणाम दिने, एक्सन लिने गरि अघि बढ्न ओलीले आयोगलाइ भनेका हुन् । उनले भने, ‘अनुशासन विनाको पार्टी बजार मात्रै हो ।’

बन्दसत्रको अन्तिम पक्ष शपथग्रहण कार्यक्रम पछि बोल्दै उनले नवनिर्वाचित नेताहरु कम्युनिस्ट चरित्रको हुनुपर्ने भन्दै घमण्ड त्याग्न आग्रह सहित जनतासंग सरल र सहजै प्रस्तुत हुन निर्देशन दिए।

समृद नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त गर्न क्रियाशिल हुन आह्वान गर्दै सोही अनुसार पार्टीले नीति तय गरेको उनले बताए । त्यसलाई कार्यान्वयन गर्न आग्रह गर्दै आगामी दिनमा बस्ने बैठकले थप रणनीति बनाउने उनको भनाइ थियो ।

पार्टी माथि वाह्य र भित्रि हमाला रहेको भन्दै त्यसबाट जोगाएर अझ थप सफलता प्राप्त गर्ने बताए । त्यसका लागि सवै एक जुट हुन उनको आह्वान थियो । निर्वाचित सचिवालय, केन्द्रीय सदस्य सबै मिल्नुपर्ने र नेकपा एमालेले एकताको अभियान चलाउनु पर्ने उनले बताए ।

तर त्यसरी गरिने अभियान पार्टी जम्मा गरेर नभई कार्यकर्ता प्रवेश अभियान चलाएर मात्र गर्न सकिने उनको भनाइ थियो ।

तीन महिना कार्यकर्ता एकता अभियान चलाउने र जनतामाझ जाने उनले बताए । आजनै बस्ने केन्द्रीय कमिटीको बैठक र आगामी २५ र २६ गते अर्को बैठक बसेर नयाँ निर्णय गर्ने ओलीको भनाइ थियो ।उक्त बैठकले स्थायी कमिटि र पोलिटव्युरो गठन गर्ने ओलीले बताए ।

अनुसासन आयोगक विनाको पार्टी बजार मात्रै हुने भन्दै विधान विपरित जाने जो सुकैलाई कारवाही गर्ने गरि अघि बढ्न निर्देशन दिदै आर्थिक अनुसासन कायम गर्न बैकीग प्रणाली अपनाउन लेखा आयोगलाई निर्देशन दिए । हिसावकिताव चुस्तदुरुस्त राख्न केन्द्रीय लेखा आयोगलाई उनको आग्रह थियो । यो महाधिवेशनले १९ पदाधिकारी ,३०१ केन्द्रीय सदस्य चयन गरेको छ भने शक्तिशाली आयोग पनि चयन गरेको छ।

मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन भनेपनि १४ गते मात्र सकिएको हो । सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने भनेपनि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि ओलीले वाध्य भएर चुनाव लड्नु परेको थियो । चुनाव प्रचारकाक्रममा मत नदिनुपर्ने भनेर भीम रावल, घनश्याम भुषााल, भीम आचार्य लगायतको नाम लेखेर प्रचार समेत बांडिएको थियो । भीम रावल वाधक भएका कारण महाधिवेशन केही दिन धकेलिएको भनेपनि रावलले भने त्यस आरोपलाई अस्वीकार गर्दै आफूले विधानले दिएको अधिकार प्रयोग गरेको बताए छन।

प्यानल बनाएर चुनाव लड्न नपाउने आचार संहिताका कारण उनले एक्लै मत माग्दै प्रतपनिधीहरुलाइ भेटेका थिए ।अध्यक्ष ओलीले भने आफै लिष्ट बनाएर बन्दसत्रमा पेश गरेका थिए । अघोषित रुपमा प्यानल जस्तै बनेको आरोप ओलीलाइ लागेको छ। विद्युतिय मतदान प्रणाली अपनाईएको यो पटकको चुनावमा खसेको कुल मत २०९६ मध्ये ओलीले १८३७ मत ल्याए भने रावलले २२३ मतमै चित्त बुझाउनु पर्यो ।

  • प्रकाशित मिति : मंसिर १४, २०७८, मंगलवार १५:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८