• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

वैधानिक रुपमा एमाले अध्यक्षमा ओली


वैधानिक रुपमा एमाले अध्यक्षमा ओली

मंसिर १४,२०७८
चितवन । अन्तत कानुन सम्मत नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले भीम रावललाई हराएर अध्यक्षमा बाजी मारेका हुन् ।
कुल २०९६ मत खसेकोमा ओलीले १८०८ मत ल्याएको निर्वाचन अधिृकत कमल पाठकले जानकारी दिए ।

अन्तिम पटक सम्म सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएपनि भीम रावलले समेत अध्यक्षमा उम्मेदवारी दिएपछि चुनाव हुँदा उनी विजयी भएका हुन् । कुल २०९६ मत खसेकोमा १८०८मत ल्याउँदै ओलीले भीम रावललाइ फराकिलो मत अन्तरले पराजित गरेका हुन् ।

सौराहामा विद्युतीय माध्यमबाट भएको मतदानपछि आएको परिणाममा भीम रावलले जम्मा २१३ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत कमल पाठकले जानकारी दिए ।

रावलभन्दा १५९५ मतान्तरले ओली पुन अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदको मतपरिणाम आउनेक्रम जारी रहेको छ । मंसिर १० गते नारायणी नदी किनारबाट उद्घाटन गरी सुरु भएको १०औँ महाधिवेशन मंसिर १२ गतेनै सक्ने भनेपनि पार्टीको विद्यान र पद्धती अनुसार नगएको भन्दै नेता भीम रावलले चुनावी मैदान नछोड्ने चेतावनी दिएपछि ओली गलेका थिए । उनले बाध्य भएर चुनावमा जान सहमति जनाएका थिए ।

भीम रावलले पार्टीमा हार र जितलाई आफूले महत्वपूर्णरुपमा नलिएको बताएका छन् । उनले आफ्नो उम्मेदवारी पार्टीमा विधि र पद्धती बचाउनका लागि मात्रै भएको यस अघिनै बताइसकेका छन् ।

  • प्रकाशित मिति : मंसिर १४, २०७८, मंगलवार १०:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८