• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

केपी ओली समूहले भीम रावल र बादललाई भोट नहाल्न भन्दै पर्चा बाँडे !

  • खबरदाता

केपी ओली समूहले भीम रावल र बादललाई भोट नहाल्न भन्दै पर्चा बाँडे !

मंसिर १४,२०७८

चितवनमा जारि नेकपा एमालेको महाधिवेशनस्थलमा भिम रावल , राम बहादुर थापा बादल समेतलाइ भोट नहाल्न भन्ने पर्चा बाडिएको छ।

भोट हाल्नका लागि लाइनमा बसेका मतदातालाइ लाइनमै आएर ओली समूहले उक्त पर्चा थमाएको हो।
साथै उनीहरुले भोट हाल्नु पर्ने ओली समुहको लिस्ट समेत वाँडेका छन।

नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावल लगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडिएको भेटिएको हो ।

भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई बाँडिएको पर्चामा पूर्वमाओवादीका नेता रामबहादुर थापा (बादल), लेखराज भट्ट लगायतको नामसमेत छ ।
बिहान ४ बजे देखि सुरु भएको मतदान अहिले चलिरहेको छ।

  • प्रकाशित मिति : मंसिर १४, २०७८, मंगलवार ०१:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८