मंसिर १३,२०७८
चितवन । चितवनको सौराहामा सुरु भएको एमालेको एमाले महाधिवेशनमा अझै मतदान सुरु हुन सकेको छैन।
उमेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएपछि मतदानको समय पछि सर्ने भएको केन्द्रिय निर्वाचन समितले जनाएको छ।
अहिले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका नाम बाहेकको उम्मेदवारीलाई फिर्ता गराउने प्रयास भइरहेको बुझिएको छ।
आइतबार बेलुका ९ बजेदेखि मतदान गर्ने कार्यतालिका रहेको र त्यस अघिनै अधिकांश क्लस्टरका अन्तिम तिर नाम भएका उम्मेदवारी फिर्ता गराउने प्रयास भइरहेको एक नेताले बताए । ती नेताले भने केन्द्रिय सदस्य सबैमा सर्वसम्मत गराउन नेताहरु नै आन्तरिक रूपमा लागेका छन् । केहिको फिर्ता भएको र केहि फिर्ता गर्न सहमत भएको उनले बताए ।
८४ जनाको कोटा रहेको खुल्ला तर्फ पनि सर्वसम्मत बनाउने कोसिस भैरहेको छ।
ओलीले प्रस्ताब गरे भन्दा ३० जना बढीले उम्मेद्बारी दिएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८