• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले भित्र पुर्ब माओवादीका तीन नेता परे संकटमा !

  • खबरदाता

एमाले भित्र पुर्ब माओवादीका तीन नेता परे संकटमा !

 

मंसिर १३,२०७८

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनमा पुर्ब माओवादी नेताहरु चेपुवामा परेका छन।

पुर्ब माओवादीका नेता राम बहादुर थापा बादल ,टोप बहादुर रायमाझि र लेखराज भट्ट पार्टी भित्रै अफ्ठेरोमा परेका हुन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लिस्टमा बादल उपाध्यक्षमा परेका छन। यस्तै रायमाझि र भट्टलाइ ओलीले सचिबमा समाबेश गरेका छन।

जहाँ पूर्वमाओवादी रहेका छन त्यहीँ एमालेका असन्तुष्ट पक्षले उम्मेदवारी दिएको छ । जसले गर्दा एमालेका महाधिवेशन प्रतिनिधिले पूर्वमाओवादीलाई रोज्ने कि पार्टीभित्रकै असन्तुष्ट पुराना नेतालाई रोज्ने भन्ने जटिल निर्णय लिनुपर्ने अवस्था देखिएको छ ।

६ वटा उपाध्यक्ष पदका लागि ओलीले बादल सहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव गरेका छन् । ओली पक्षबाट सोही अनुसार उपाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । सोही पदमा ओली इतरका घनश्याम भुसालले उम्मेद्बारी दिएका छन।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले रायमाझी, भट्ट लगायत रघुवीर महासेठ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

ओलीले बनाएको अन्य सूची अनुसार महासचिवमा शंकर पोखरेलको उम्मेदवारी परेको छ । महासचिव पदमा अरु कसैले दाबी गरेको छैन । त्यस्तै तीन उपमहासचिव पदमा ओलीले प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाललाई उम्मेदवार बनाएका छन् । यो पदमा पनि अन्य कसैले उम्मेदवारी दिएका छैनन् ।

तर, पूर्वमाओवादीलाई समेटेर ओलीले उपाध्यक्ष, र सचिवमा बनाएको सूचीमा एमालेकै असन्तुष्ट पक्षबाट उम्मेदवारी परेपछि महाधिवेशन प्रतिनिधिहरू पार्टीको केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सचिव पदमा मतदान गर्ने समय धर्मसंकटमा पर्ने देखिएका छन् ।

एमालेका महाधिवेशन प्रतिनिधिसामु पुराना एमालेका नेतालाई मत दिने कि ओलीको बनाएको सूचीअनुसार पूर्वमाओवादी नेतालाई मत दिने भन्ने धर्मसंकट पर्ने देखिएको हो

  • प्रकाशित मिति : मंसिर १३, २०७८, सोमवार ०६:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८