मंसिर १३,२०७८
चितवन । नेकपा (एमाले)का १० औं महाधिवेशनमा सचिब पदमा पनि मतदान हुने भएको छ।
एमाले नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गराएपछि मतदान हुने पक्का पक्कि भएको हो।
चितवनको सौराहमा १० गते देखि जारि १० औं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए।
ओलीले पेश गरेको लिस्टको सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम रहेको छ ।
त्यसमा असहमत नेताहररूले छुट्टै उम्मेदवारी दर्ता गराएका हुन । कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८