केपी शर्मा – मंसिर १२,२०७८
नेपाली काङ्ग्रेसका जिल्ला सभापतिका पदका उमेदवार कैलाश कोइरालाले अधिबेशन स्थगितका नाममा षड्यन्त्रको तानाबाना बुनिदै गरेको बयाएका छन।
मंसिर १० र ११ गतेलाइ तय गरिएको जिल्ला अधिबेशन अकस्मात स्थगित गरिँदानै आफुलाइ षड्यन्त्रको सुरुवात भएको शंका लागेको उनले बताए ।१० र ११ गतेको प्रक्रिया स्थगित गर्दा आफुलाइ लागेको षड्यन्त्रको शंका १४ र १८ गतेलाइ बिर्बाचन गर्न गरिएको प्रस्तावले छर्लङ पारेको उनको भनाइ छ ।
प्रदेश अधिबेशन अगाडीनै जिल्ला सभापति चुनिनु पर्नेमा उनको जोड थियो।उनले भने ९ गते स्थगित गर्दै गर्दा पछि हुने मिति किन तोकिएन ? यदि प्रदेश अधिबेशन कथमकदाचित तोकिएको मितिमा हुन सकेन भने फेरि कार्य तालिका सार्ने ?
आइतबारनै उनले एक बिज्ञप्ति जारि गर्दै आफुले समयमै जिल्ला अधिबेशन हुनु पर्छ भन्दा सुनुवाइ नभएपछि जिल्ला उपसभापति पदबाट राजिनामा दिएको उल्लेख गरेका छन। बिज्ञप्तिमा उनले भनेका छन,१४ गते मनोनयन दर्ता गरि १८ गते मतदान गर्ने आधार केरु १६ र १७ गते प्रदेशको अधिबेशन देखाइ जिल्ला अधिबेशन नगर्ने अनि प्रदेश अधिबेशन लम्बिन सक्ने बहानामा फेरि चुनाब स्थगित गर्ने ?
यसरि चुनाब सार्दै लैजाने र २१ गते देखि केन्द्रको अधिबेशन सुरु हुने नाममा जिल्लामा चुनाबनै नगर्ने बहाना र षड्यन्त्र खेलिएको उनको आरोप थियो।
षड्यन्त्रपुर्ण र योजनाबद्ध अधिबेशन बिरोधि गतिविधि प्रति घोर आपत्ति रहेको उनले बताएका छन।यस्ता गतिविधिमा समाबेश जो कोहिलाइ पनि आम मतदाता र काङ्ग्रेस साथिहरुले दन्डीत गर्ने उनले बिज्ञप्तिमा उल्लेख छ।
१४ मा मनोन र १८ गते मतदान गर्न सिफारिस गर्ने निर्णयप्रति असहमति जनाउँदै तुरुन्तै अर्को मिति तोक्न उनले माग गरेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८