मंसिर १२,२०७८
नेपाली काङ्ग्रेस चितवनले स्थगित भएको जिल्ला कार्यसिमितको जिल्ला अधिबेशन
मंसिर १८ गते गर्ने भएको छ।
आइतबार बसेको काङ्ग्रेस जिल्ला कार्यसिमितको निर्णय अनुसार मंसिर १४ गते उम्मेद्बारी दर्ता र १८ गते चुनाव गर्न जिल्ला निर्वाचन कार्यलय मार्फत प्रस्ताव गर्ने निर्णय भएको काङ्ग्रेसका जिल्ला अध्यक्ष जितनारायण श्रेष्ठले बताए।
मंसिर १६ र १७ गते काङ्ग्रेसको प्रदेश महाधिवेशन भएकाले जिल्लाको चुनाब १८ गते पुर्याउन परेको उनले बताए ।
काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ११ गते मतदान गर्ने गरि तय भएको महाधिवेशन एमालेलाइ कारण देखाउँदै स्थगित गरिएको थियो।चुनाव स्थगित भएपछि जिल्ला नेतृत्वले कार्यकर्ताको चर्को बिरोध खेप्नु परेको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८