केपी शर्मा – मंसिर १०,२०७८
नेकपा एमालेको महाधिवेशन नसकिदै पार्टीले स्वागतका लागि भन्दै बनाएका गेटहरु ढलन थालेका छन।
नारायणी नदि छेउमै नदि किनार जाने बाटोमा बनेको गेट आधा ढलिसकेको छ। यसले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्ने देखिन्छ ।
यस्तै चौबीसकोठिमा बनाइएको गेट पनि तेस्तै अबस्थामा रहेको छ। गाडीको हावाले मात्रै पनि गेटलाइ हल्लाइरहेको छ। । उक्त जुनसुकै बेला ढल्न सक्ने अबस्थामा छ।
यस्ता धराप गेट ढलेभने ठुलै दुर्घटना नहोला भन्न सकिन्न।तर आयोजकको कार्यक्रमनै नसकिदा यो समस्या समाधान तत्काल हुने सम्भावना भने न्युन देखिन्छ ।
एमालेले महाधिवेशन सफल पार्न भन्दै प्रचारप्रसारको लागि जिल्लाका विभिन्न स्थानमा करिब ५० वटा गेट निर्माण गरेको आयोजकलेनै जनाएका थिए।
यस्तै नारायणी नदिको पुलमै बनाएको गेट पुल भन्दा सानो हुँदा सवारी साधन आवत जावतमै समस्या भएको देख्न सकिन्छ । डिउटिमा खटिएका एक ट्राफिक प्रहरी भन्दै थिए गेट सानो हुँदा जाम झन बढ्यो ।
हामीले यो समस्या कसरि समधान होला भन्ने बारे जानकारि लिन खोज्दा आयोजकनै यसको जिम्मेवारी हुने प्रहरीले बतायो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी निरीक्षक नरहरि अधिकारीले भने, यसको जिम्मा सम्बन्धित कार्यक्रम आयोजाना गर्ने संस्था या पार्टीको नै हुन्छ । उसैले समाधान गर्नु पर्छ ।
प्रहरीले यो सम्बन्धमा आयोजकलाइ जानकारि गराइसकेको बताउँदै अधिकारीले भने , हामिले जोखिम भयो भनेका छौं। आयोजकले हटाउने भनेका छन।
यस बिषयमा कार्यक्रम आयोजक पार्टी एमालेकि चितवन जिल्ला अध्यक्ष पार्बति रावलले यो बारेमा आफुहरु गम्भीर रहेको बताइन । उनले भनिन , यो बारेमा मैले सुरक्षा निकायलाइ सहयोग गर्न भनेको छु। चाँडै समस्या समधान हुन्छ ।
एमालेले थप प्रचारको लागि भन्दै ६० हजार पार्टीको झन्डा पनि चोक पोल र सडकका डिभाइडरमा समेत गाडेको छ।

यता एमालेको महाधिवेशनका कारण बन्द भएका सवारीसाधन एकैपटक गन्तव्यमा लाग्दा शुक्रबार ४ बजे देखि भएको जाम अझै सम्म खुल्न सकेको छैन । अहिले पनि मुग्लिन सम्म जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ।मुग्लिन बाट नारायणगढ आइपुग्न १० देखि १२ घन्टा लागेको चालकहरुले बताएका छन।
महाधिवेशनको दोस्रो दिन सनिवार बिहान ८ बजे बाट सुरु हुने भनिएको एमालेको बन्द सत्र दिउँसो ३ बजे बाट सौराहा सुरु भएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८