• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमाले महाधिवेशनको तयारी पूरा,साढे ७ करोड खर्च हुने

  • खबरदाता

एमाले महाधिवेशनको तयारी पूरा,साढे ७ करोड खर्च हुने

मंसिर ९, २०७८

 

चितवन । नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । महाधिवेशनको शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । चितवनका प्रचारप्रसार समिति संयोजक विजय सुवेदीका अनुसार छिटफुट केही मात्रै बाँकी रहेको र अन्य सबै तयारी पूरा भएको बताए ।

त्यस्तै प्रेस चौतारी चितवनले आज महाधिवेशन उद्घाटनस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराइले पनि पाँच लाख नेता कार्यकर्ता उतार्नेगरी महाधिवेशनको तयारी पूरा भएको जानकारी दिए ।

महाधिवेशन उद्घाटन नेकपा एमालेका अध्यक्ष केपिशर्मा ओली आज नै चितवन आइसकेका छन् ।

एमालेले नवलपुरको गैँडाकोट सहित चितवनका विभिन्न ७ स्थानबाट विशाल जुलुस निकाल्ने बताएको छ । चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

त्यस्तै महाधिवेशनमा स्वदेशभित्र र वाहिरका दलहरुलाई निमन्त्रणा पठाएको भन्दै भट्टराइले पार्टीको प्रतिनिधित्वको रुपमा सवैलाई बोल्न दिने बताए । बन्दसत्रको हल बनाउने तयारी पनि सकिएको उनले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइने साथै ५ हजार भोलियन्टर महाधिवेशनस्थलमा खटिने र स्थानीय प्रशासनलाई थप सहयोग गर्ने जानकारी दिए ।

महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित ९१०६ जना० गरी दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक रहनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।

कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । एमाले महाविधेशन प्रतिनिधिका लागि मंसिर १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । भोलि शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिने छ । मंसिर ११ गते बिहान ८।३० बजेबाट बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

प्रशासनले नो भेकल मुभमेन्ट भनेर आदेश जारी गरेपनि संविधानले दिएको अधिकार प्रयोग गर्नबाट कसैलाइ बन्चित हुन नदिने भट्टराइको भनाई थियो । मालवाहक सवारी वाहेक अन्य सवै सवारी साधन सहजै संचालन हुने बताउँदै नो भेइकल मुभमेन्ट आदेश जारी गर्ने समय पार्टीसँग छलफल नभएको उनको भनाई थियो ।

यद्यपी स्थानीय प्रशासनले अत्यावश्यक सवारी साधनहरु संचालनमा कठिनाई नहुने बताएको थियो।
त्यस्तै भट्टराइले यो महाधिवेशनमा साँढे ७ करोड खर्च हुने र सवै रकम पार्टीको आन्तरिक सक्रियतामा संकलन भएको बताए । अहिलेसम्मको हरेक गतिविधिमा चितवनका जनता तथा स्थानीय प्रसासनले पूर्ण सहयोग गरेको भन्दै धन्यवाद समेत दिएका थिए ।

  • प्रकाशित मिति : मंसिर ९, २०७८, बिहीवार १३:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८