• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन आइपुगका ओली भेटघाट तथा कार्यक्रममा ब्यस्त

  • खबरदाता

चितवन आइपुगका ओली भेटघाट तथा कार्यक्रममा ब्यस्त

मंसिर ९, २०७८

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन आइपुगेका छन् ।उनी आज हवाईमार्गबाट भरतपुर विमानस्थलमा ओर्लिएका हुन् ।

उनलाई नेकपा एमालेका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । एमालेले भोलि चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन गर्दैछ । मंसिर १२ गते सम्म चल्ने महाधिवेशनको बन्दसत्र भने सौराहामा हुनेछ ।

महाधिवेशनमा सहभागी हुन क्षेत्रीय प्रतिनिधिहरु आउनेक्रम सुरु भएको छ । महाधिवेशनमा दुई हजार १ सय ७५ प्रतिनिधि सहभागी हुने भएका छन् । निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुने जनाइएको छ । यसअघि कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए ।

यही मङ्सिर ७ गते बसेको स्थायी कमिटी बैठकले कूल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । यसैगरी महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन्।

महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५(१५ जना निर्वाचित गर्ने छ ।

प्रतिनिधिका लागि सौराहाका होटलहरु बुक गरेको नेकपा एमालेले ३ हजार ५ सय वटा कोठाका लागि यसअघिनै सम्झौता गरिसकेको छ ।

क्षेत्रीय होटलसंघ सौराहाका अध्यक्ष दिपक भट्टराइका अनुसार एमालेले सम्झौता गरेको कोठामा भोलिबाट प्रतिनिधिहरु भरिन सुरु हुने जानकारी दिए ।

  • प्रकाशित मिति : मंसिर ९, २०७८, बिहीवार १३:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८