• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अर्थमन्त्री शर्माको बोलीले धुर्मुसलाई राहत, बजेट उपलब्ध होला त ?


अर्थमन्त्री शर्माको बोलीले धुर्मुसलाई राहत, बजेट उपलब्ध होला त ?

चितवनमा माओवादी पार्टीले विकास गर्यो भनेर देखाउने उद्देश्यले धुर्मुसले सुरु गरेको रंगशालालाई सरकारले लिने संकेत गरेको बुझिन्छ । धुर्मुस कठिन परिस्थितीमा रहदा यही समय बजेट दिएर स्वामित्व समेत लिने दाउमा सरकार लागिपरेको छ ।

केपी शर्मा – मंसिर ५, २०७८

चितवन । अर्थमन्त्री जनार्दन शर्माले चितवनमा बन्दै गरेको क्रिक्रेट रंगशालाको स्वामित्व राज्यले लिन सक्ने संकेत गरेका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले रंगशाला निर्माण अभियानमा देशका कलाकारले दिएको योगदानलाई आफूले उच्च मूल्याङ्कन गरेको बताए ।

यो अत्याधिक ठूलो साहसीक काम हो भन्दै राज्यलाईनै चुनौति दिनेगरी उहाँहरुले काम गर्नुभएको शर्माले बताए । यसलाइ आफूले उच्च मूल्याङ्कन गरेको उनको भनाई थियो ।

रंगशाला निर्माणको विषयमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुससँग धेरै पटक कुराकानी भइसकेको र आफूहरु उनका कुरामा सकारात्मक रहेको मन्त्री शर्माले बताए । मन्त्री शर्माले रंगशालाको स्वामित्व सरकारले लिनेवारे आफू एक्लैले भन्न नसक्ने बताउँदै गठवन्धनबाटै निर्णय गराएरै सरकारले यसवारे काम गर्ने उनको भनाई थियो ।

स्वामित्व तत्काल नलिएपनि निर्माणका लागि बजेट उपलब्ध गराउन आफूले पहल गर्ने उनले बताए। अघिल्लो सरकारलेनै रंगशालालाई बजेट विनियोजन नगर्दा अहिले विचैमा बजेट निकासा गर्न समस्या भएको उनको भनाई थियो । उनले भने,“तर पनि हामीले धुर्मुसलाई निराश नभई निर्माण कार्य अघि बढाउन भनेका छौँ । ”

पत्रकारले एमसीसी बारेमा सोधेका प्रश्नको जवाफमा उनले गठवन्धनले निर्णय गरेर सरकारलाई जिम्मेवारी दिएमा पास हुने बताए । गठवन्धन सरकारले हरेक विकास निर्माणका कार्यहरु तथा विदेशी लगानीका कुराहरुलाई पहिले गठवन्धन भित्रनै छलफल गरेर निर्णय गर्ने र त्यसपछि मात्रै सरकारले लागू गर्ने उनको भनाई थियो ।

प्रधानमन्त्रीले सार्वजनिक रुपमै एमसीसी पास हुन्छ भनेका छन् नि भन्ने पत्रकारको जिज्ञासामा मन्त्री शर्माले प्रधानमन्त्रीले बोलेको कुरा गठवन्धनभित्र भइरहेको छलफलको निष्कर्श हुनसक्छ । यदी त्यो निर्णय भएको रहेछभने एमसीसी पास हुने उनले बताए ।

  • प्रकाशित मिति : मंसिर ५, २०७८, आइतवार १२:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८