• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अमेरिका हामीलाई एलर्जी होइन, एमसीसीवारे अलपार्टी मिटिङले निर्णय गर्नेछः प्रचण्ड


अमेरिका हामीलाई एलर्जी होइन, एमसीसीवारे अलपार्टी मिटिङले निर्णय गर्नेछः प्रचण्ड

प्रचण्डले आफ्ना भाषणमा एमसीसी जसरीपनि पास गरिनु्पर्छ भन्न अभिव्यक्ति दिइरहदा उनका कार्यकर्ताहरु भने एमसीसीविरुद्ध राँको बालेर सडकमा निस्कने गरेका छन् । नेता र कार्यकर्ताको विरोधबका बाबजुत उनी भने पास हुनुपर्छ भनिरहदा पार्टी भित्रै तालमेल नलिमेको प्रष्ट देखिन्छ ।

केपी शर्मा –     मंसिर ४, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिका आफ्नो पार्टीका लागि एलर्जी नभएको बताएका छन् । साथै एमसीसीबारे अलपार्टी मिटिङले चाँडैनै निर्णय गर्ने पनि उनले बताएका हुन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अमेरिका र एमसीसीवारेमा उनले सो धारणा राखेका हुन् । उनले भने,“अमेरिकाप्रति कुनै एलर्जी होइन, ओर्जीनल र पछि गरेको संशोधन सहमतिवारे स्पष्ट हुन जरुरी छ मात्रै भनेको हो । ”

आफूहरुले एमसीसी बारे बहस गर्ने र त्यसका लागि नागरिक अगुवा, बुद्धिजिवी, पत्रकारका सम्पादक लगायतसँग गहन छलफल गरेर एउटा समझदारीबाट निकास निकाल्ने उनको भर्नाइ थियो ।

आफूले एमसीसीका प्रतिनिधिहरुसँग कुरा गर्दा यो अनुदान कुनैपनि हालतमा फिर्ता जान नहुने तर्क राखेको जानकारी दिए । तर केही बुँदामा अष्पष्ट भएकाले थप प्रष्ट हुन चाहेको कुरा राखेको प्रचण्डले बताए । अमेरिकासँग नेपालको ७५ वर्ष पुरानो कुटनीतिक सम्बन्ध रहेको बताउँदै उनले भने,“त्यहाँबाट आएको अनुदान तथा बजेटबाट धेरै कार्यक्रमहरु नेपालमा संचालन भइरहेका छन् । त्यसैले एमसीसीका केही बुँदा संशोधन गरेर पास गर्नुपर्छ । ”

एमसीसीबारेमा प्रधानमन्त्रीसँग पहिलेनै आफ्नो कुरा भएको र आगामी ८ गतेलाई अलपार्टी मिटिङ तय भएपनि एमालेका कारण सो मिटिङ केही पछि सारिएको उनले बताए । उनले भने,“एमसीसी ठूलो समस्या होइन । अलपार्टी मिटिङले त्यसको निर्णय गर्नेछ । एमालेले सधैँ एउटा न एउटा अड्को थाप्ने गर्छ । अहिले पनि एमालेले आफ्नो महाधिवेशन भएका कारण केही समय सारौँ भनेकाले अलपार्टी मिटिङ सारिएको हो ।”

न्यायालयमा अहिले देखिएको समस्याकाबारेमा आफू र आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण रहेको उनले बताए । अदालतको गरिमा, स्वतन्त्रता अक्षुण राख्नेगरी छिटो भन्दा छिटो समाधान गराउन आफूले सरकार प्रमुखसँग कुरा गरिरहेको उनको भनाई थियो । अदालतभित्रको विवाद त्यहीबाट समाधान होस भन्ने चाहाना रहेको भन्दै गठवन्धनले गम्भिर ध्यानाकर्षण गराएको उनको भनाई थियो ।

उनले भने,“न्यायालयमा राजनीतिक दलले कतैबाटपनि कुनै दबाब दिनुहुँदैन भन्ने हाम्रो मान्यता छ ।”
शनिवारदेखि सुरु भएको नेकपा माओवादीको वडाअधिवेशन सहजरुपमा सवैतिर सम्पन्न हुने उनले बताए । उनले भने,“धेरै ठाउँमा सहमतिमै वडाअधिवेशन भइरहेको छ । नीतिसम्मत अधिवेशन चलिरहदा समयमै महाधिवेशन सम्पन्न हुनेछ । ”

  • प्रकाशित मिति : मंसिर ४, २०७८, शनिवार १२:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८