मंसिर ३, २०७८
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत, चितवनले २०७५ सालको चैत २७ गतेको फैसला अनुसार १ महिना कैद र ४३ लाख ६४ हजार ९४३ रुपैयाँ जरिवाना तिर्नुपर्ने ठहर भएका मकवानपुर जिल्ला हेटौँडा उप–महानगरपालिका वडा नम्वर ३ बस्ने बर्ष ३६ का सन्तोष खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
उनी चोरी मुद्धामा फरार भएका थिए । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत चितवन पठाइने प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८