मंसिर ३, २०७८
भनिन्छ, अदालत क्रान्ति गर्ने ठाउँ होइन । बन्द, बहिष्कार र हडताल गर्ने थलो त झनै होइन । तर, यहाँ जे नहुनु थियो, त्यही भइरहेछ ।
बहालवाला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि तथानाम आरोप लगाइएका छन् । तिनै आरोपलाई लिएर राणाले तत्काल पद छाड्नुपर्ने माग उठाइएको छ । यही माग लिएर नेपाल बार एसोसिएसनभन्दा एक कदम अगाडि बढेर न्यायाधीशहरु समूह बनाएर राणालाई दबाब दिइरहेका छन् । आरोपकर्ताहरुले आरोपका पछाडि कुनै तथ्य वा प्रमाण देखाउन सकेका छैनन् । मनोगत, अमूर्त र होलसेलमा आरोप लगाएर त्यसैलाई फैसलासरह भट्याउँदै राणामाथि जोरजुलुम गरिएको छ ।
बिहीबार प्रधानन्यायाधीशको आह्वानमा बसेको फुल कोर्टमा १८ जना न्यायाधीश उपस्थित भए । प्रधानन्यायाधीशबिनै फुलकोर्ट बसेको भन्दै त्यसैलाई उपलब्धिका रुपमा व्याख्या गरी व्यापक प्रचार गरिएको छ । अर्थात्, आजसम्म गरिएको इजलास हड्ताल र बारको विरोधको उपलब्धि भनेको प्रधानन्यायाधीश राणाले नै अग्रसरता लिएर बनाएको अध्ययन समितिको प्रतिवेदन कार्यान्वयनअन्तर्गत नियमावली संशोधन हो ।
सर्वोच्च अदालत नियमावली र गोला प्रथाबाट पेसी तोक्नेसम्बन्धी कार्यविधि राणाले नै बनाएको मीरा खड्का नेतृत्वको समितिको मसौदा हो । हरिकृष्ण कार्की नेतृत्वको समिति राणाले नै बनाए । राणाले नै त्यसको कार्यान्वयन गर्न मीरा खड्काको नेतृत्वको अर्को समिति बनाए । जब कार्यान्वयनको बेला आउँछ, न्यायाधीशहरु हड्तालमा उत्रिन्छन् । यसरी हड्ताल गर्नेमध्ये भावी प्रधानन्यायाधीशहरु पनि छन् ।
यो संशोधनले प्रधानन्यायाधीश राणाका निम्ति खासै अर्थ राख्दैन । उनले औसतभन्दा धेरै कार्यकाल त उपभोग गरिसकेका छन् । त्यसमाथि तत्कालीन पुनरावेदन अदालतबाटै जागिरबाट हात धोएर जानुपर्ने स्थिति बनेको थियो । उनी सर्वोच्च आए, प्रधानन्यायाधीश भए र तीन वर्ष नेतृत्व चलाए । अब उनलाई पाउनु र खानुपर्ने बाँकी केही छैन । आफै खानदानी राणा परिवारका सदस्य, त्यसमाथि पर्याप्त खेत, घरघडेरी भएका प्रधानन्यायाधीशको सम्पत्ति कहाँबाट आयो भनेर प्रश्न उठाउनु अर्को नासमझपन हो ।
राणाले फुल कोर्ट बोलाए । सबै न्यायाधीश फुलकोर्टमा बसे । राणा बाहिरै बसे । न्यायाधीशहरुकै प्रतिष्ठा राखिदिन राणाले यो गरेका हुन् । सबै न्यायाधीशको बैठकले गरेको निर्णयमा राणाले असहमति जनाउनुपर्ने कारण छैन । उनले सही गरेपछि मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले प्रमाणित गरी कानुन मन्त्रालय पठाउनेछन् । मन्त्रालयले राजपत्रमा प्रकाशित गर्नेछ र तत्कालै लागू पनि हुनेछ । कुन मितिबाट लागू हुने भन्नेचाहिँ फेरि अर्को फुल कोर्टले टुंग्याउनेछ ।
सर्वोच्च अदालतलाई केही अराजकहरुको भिडबाट बन्धक बनाइरहन आवश्यक नठानेर राणाले आफ्नो भूमिका कटा्रैती हुँदा पनि स्वीकार गरेका छन् । अब स्वीकार गर्न मुस्किल हरिकृष्ण कार्कीलगायत भावी प्रधानन्यायाधीशहरुलाई भएको छ । राणाले आफ्नो कार्यकाल खाइसके । अब उनले पाउनु र खानुपर्ने केही छैन । बरु हरिकृष्ण कार्की, सपना मल्ल, प्रकाशमानसिंह राउतलगायतलाई यो खपी नसक्नु भएको छ । आफूले पेसी तोक्न नपाउने भएपछि केको प्रधानन्यायाधीश भनेर विभिन्न ठाउँमा टिप्पणी पनि गरेको सुनिएको छ ।
आज एकजना चोलेन्द्रशमशेरसँग रिस उठ्यो । उनको अधिकार कटौती गरियो । भोलि अर्को कसैका विरुद्ध यसैगरी प्रदर्शन र बहिष्कार आन्दोलन होला । एक त त्यसरी न्यायाधीशहरु ट्रेड युनियन शैलीमा प्रदर्शनमा उत्रिन मिल्छ कि मिल्दैन रु अर्को, भोलि अर्को प्रधानन्यायाधीश हुँदा पनि यसैगरी सर्वोच्च अदालत नै प्रदर्शनमा उत्रिने, बहालवालादेखि भूतपूर्व न्यायाधीश र वकिलहरुको अघोषित गठजोड चल्ने । कतिपय राजनीतिक दलले यसैलाई चुनावी एजेन्डा बनाउँछन् ।
यो अवस्थामा न्यायालय कति स्वतन्त्र र निष्पक्ष रहला रु निर्भीकताका साथ निर्णय गर्न सक्ला कि नसक्ला रु भोली आउने प्रधानन्यायाधीशले पनि बारम्बार झ्यालबाट बाहिर हेरेर काम गर्नुपर्ने पो हो रु यसरी नूर गिरेको, गिराइएको प्रधानन्यायाधीशले कसरी सक्षम न्यायपालिकाको नेतृत्व गर्ला रु
यसले कानुनी मान्यता पायो र नजिरका रुपमा रह्यो भने भोलि यो तरबार जोकोहीमाथि बर्सिन सक्नेछ । त्यसैले अहिले राणालाई उपेक्षा गर्न सफल भइयो भनेर हर्षबढाइँ गर्नुअघि कस्तो नजिर छाडेर जाँदै छौँ भनेर पनि एकपल्ट स्वमूल्यांकन गर्नु उपयुक्त हुन्छ ।बर्णनबाट
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८