काँग्रेसभित्र जतिसुकै गुट र उपगुट भएपनि काँग्रेस पार्टी प्रजातान्त्रीक हो भन्ने शुक्रबारबाट हुन गइरहेको चुनावले प्रष्ट पारेको छ । चितवनमा ६ जना सभापतिका लागि १८ जनाले उम्मेदवारी दर्ता गराउनुलेनै काँग्रेस प्रजातान्त्री पार्टी हो भन्ने प्रमाणीत गर्दछ ।
केपी शर्मा– मंसिर २, २०७८
चितवन । नेपाली काँग्रेस चितवनको प्रदेश सभा क्षेत्रीय अधिवेशनको चुनावी प्रकृया सुरु भएको छ । बिहीवार ६ वटा क्षेत्रका मतदान अधिकृतहरुले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेका छन्। शुक्रवार विहान ९ बजेदेखि चुनाव हुने भएको छ । केही पदमा मात्रै सर्वसम्मत भएको देखिएको छ भने मुख्य लगायत अधिकांस पदमा भने निर्वाचन हुने निश्चित भएको छ ।
चितवनमा ३ वटा प्रतिनिधि सभा क्षेत्रमा ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । त्यही ६ वटा प्रदेशको अधिवेशन बिहीवारदेखि सुरु भएको हो । प्रदेशसभा समितिका लागि सभापति १ जना, उपसभापति २ जना,सचिव २ र सह–सचिवमा २ जना मात्रै आवश्यक पर्दछ । तर आवश्यक भन्दा बढीले आकांक्ष व्यक्त गरेपछि सवै क्षेत्रमा व्यापक प्रतिस्पर्धा हुने देखिएको छ । चितवनका ६ वटा क्षेत्रमा ६ जनामात्रै सभापति आवश्यक पर्नेमा १८ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुवीच बिहीवार हुने मतदानले अन्तिम फैसला दिनेछ ।
प्रदेशसभा क्षेत्रीय अधिवेशन १ ‘क’ मा सभापतिका लागि २ जनाले उम्मेदवारी दिएका छन् । जसमा कृष्ण वहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरी छन् । उप–सभापतिमा ४ जना, सचिवमा ४ जना, सह–सचिवमा ४ जनाले उम्मेदवारी दर्ता गराएको मतदान अधिकृत प्रदिप वाग्लेले जानकारी दिए । यो क्षेत्रमा कुनैपनि पदमा निर्विरोध चयन भएका छैनन् । भोलि विहान ९ बजेदेखि खैरहनी ९ को पुन समाजको भवनमा ३६४ जना मतदाताले भोट हालेर उनीहरुमध्ये आवश्यकलाई चयन गर्नेछन् ।
त्यस्तै प्रदेश १ को ‘ख’ का लागि सभापतिमा ३ जनाले उम्मेदवारी दिएका छन् । जसमा गोविन्द गौतम, रामहरी न्यौपाने र सुजन थापा रहेका छन् । उपसभापतिमा ४ जना,सचिवमा ४ जना, सहसचिवमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँपनि कुनैपनि पदमा निर्विरोध चयन भएका छन् । भोलि विहान ९ बजे स्टार बैँक्युट रत्ननतगरमा ५८७ जना मतदाताले भोट हाल्नेछन् ।
प्रदेश २ ‘क’ हाँक्नका लागि सभापतिमा ३ जनाले उम्मेदवारी दिएका छन् । जसमा जनार्दन प्रसाद दाहाल, राजकुमार गुरुङ र हरिप्रसाद भण्डारी रहेकाछन् । उपसभापति,सचिव र सहसचिवमा ४÷४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रका लागि विभिन्न पाँच वटा पदमा भने निर्विरोध चयन भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिका लागि आदिवासी जनजातीबाट खिलीमा चौधरी,दलितबाट डिवि परियार, अल्पसंख्याकबाट रामजी प्रसाद गुप्ता,आदिवासी जनजाती खुल्लाबाट अशोक लामा स्याङ्तान र दिपक थापा मगर चयन भएको मतदान अधिृकत सुसिल घिमिरेले जानकारी दिए । बाँकी पदका लागि भोलि विहान ९ बजे उद्योग वाणिज्य संघ चितवनको सभाहलमा ५०२ जना मतदाताले मतदान गर्नेछन् ।
त्यस्तै प्रदेश २ ‘ख’ हाँक्न १ जना सभापति आवश्यक पर्नेमा ३ जनाले उम्मेदवारी दिएका छन् । जसमा करुण कान्त पोख्रेल, रचन कार्की र रोशन शाही ठकुरी रहेका छन् । त्यस्तै २ जना उपभासभापतिमा ६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा इन्द्रमणी गैरे,जानकी पौडेल सापकोटा, डम्वर राज थपलिया ‘भरत’, प्रेम राज सुवेदी, महेन्द्रराज कौडेल र मुरारी प्रसाद खनाल रहेका छन् ।
२ जना सचिवका लागि चार जनाले उम्मेदवारी दिएका छन् । जसमा कृष्णविलास अधिकारी,प्रदिप अधिकारी, बलराम भण्डारी, रविभद्र शर्मा खनाल छन् । त्यस्तै २ जना सह–सचिवका लागि तिर्थ भट्ट, वसन्त ढकाल र सजनी भन्तना छन् । क्षेत्रीय कार्यसमिति सदस्य तर्फ महिला सदस्य १ जना आवश्यक पर्नेमा २ जनाले र खुल्ला सदस्यतर्फ २ जना आवश्यक पर्नेमा ५ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश महाधिवेशन प्रतिनिधि तर्फ खस आर्या महिला तर्फ १ जना आवश्यक पर्नेमा दुई जनाले,खस आर्य खुल्लातर्फ २ जना आवश्यक पर्नेमा पाँच जना, आदिवासी महिला तर्फ १ जना आवश्यक पर्नेमा २ जना, खुल्ला महिला ३ जना आवश्यक पर्नेमा ५ जना, ७ जना खुल्ला सदस्यमा १६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
तर आदिवासी खुल्ला १ जनाको पदका लागि तुलसी प्रसाद गुरुङ निर्विरोध चयन भएका छन् । दलित १ जनाका लागि अनिल परियार र मधेशी,थारु,मुस्लिम,अल्पसख्यक अपागंंतर्फ आवश्यक पर्ने १ जनामा धननाथ महतो निर्विरोध चयन भएको मतदान अधिकृत मुन्नाविक्रम खातीले जानकारी दिए । भोलि विहान ९ बजे संगोल पार्टी प्यालेर यज्ञपुरीमा ५०२ जना मतदाताले भोट हाल्नेछन् ।
प्रदेश ३ ‘क’ हाँक्न सभापतिमा ३ जनाले उम्मेदवारी दिएका छन् । जसमा कमलनाथ पौडेल, खेमनारायण सापकोटा र शालिकराम पौडेल रहेका छन् । त्यस्तै उपसभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । सचिवमा चार जनाले र सह–सचिवमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दलित खुल्लातर्फ १ जना आवश्यक पर्नेमा स्वस्तिका परियार र थारु,मधेशी अल्पसंख्यकबाट १ जना आवश्यक पर्नेमा हरिचन्द्र महतो सर्वसम्मत चयन भएको मतदान अधिकृत हरिहर दवाडीले जानकारी दिए । भोलि विहान ९ बजे शहिद स्मारक कलेज शारदानगर नजिक बखान सहकारीको भवनमा ६१८ जना मतदाताले भोट हाल्नेछन् ।
त्यस्तै प्रदेश ३ ‘ख’ का लागि सभापतिमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा अशोक लामा,ओमप्रसाद पोख्रेल,राम वहादुर कुँवर र शोभाकर चापागाईले उम्मेदवारी दर्ता गराएका हुन् । उप–सभापतिमा ३ जना, सचिवमा ३ जनाले उम्मेदवारी दर्ता गराएको मतदान अधिकृत खगराज कडेँलले जानकारी दिए ।
उनका अनुसार सह–सचिवका लागि आवश्यक २ जना भने निर्विरोध चयन भएका छन् । जसमा नेत्रराज आचार्य र महदत्त काफ्ले रहेका छन् । त्यस्तै खस आर्य महिलामा मुना सुवेदी,आदिवासी खुल्लामा सुर्य गुरुङ र महिलामा शान्ति गुरुङ, दलितमा मन वहादुर सुनार, थारु खुल्लामा राम अवतार महतो ,अल्पसंख्यकमा रेशम दराई, क्षेत्रीय कार्यसमितिमा एक नारायण काफ्ले,खगेश्वर भण्डारी निर्विरोध चयन भएका छन् । बाँकी पदका लागि भोलि विहान ९ बजे ३७१ जना मतदाताले पार्वतीपुरको सत्कार पार्टी प्यालेसमा मतदान गर्नेछन् ।
कानुन व्यवसायी श्रीराम दवाडीले प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिसँगै वागमती प्रदेशका लागि प्रतिनिधि समेत चयन हुने जानकारी दिए । काँग्रेसको यो चुनावमा क्रियाशील सदस्यबाट छानिएका प्रतिनिधिको महत्वपूर्ण भूमिका हुने भन्दै कडा प्रतिस्पर्धा हुँदै जाने उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८