• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पश्चिम नवलपरासी प्रहरीद्वारा भन्सार छलेको १२ लाख बढिका सामान बरामद


पश्चिम नवलपरासी प्रहरीद्वारा भन्सार छलेको १२ लाख बढिका सामान बरामद

मंसिर २, २०७८

नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ठूलो परिमाणमा मोटर पार्टस सहित अवैध मालसामान बरामद गरेको छ । प्रहरीले बिहीवार १२ लाख १२ हजार ५ सय मुल्य बराबरको अवैध सामान बरामद गरी आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाएको छ ।

भारतबाट अवैध रुपमा ल्याउदै गरेको मोटर पार्टस हेड ५ थान र मोटर गेयर बक्स १०८ थान जिल्लाको पाल्हिनन्दन गाउँपालिका २ भक्सीपुरबाट बरामद गरेको हो । भारतबाट अवैध रुपमा ल्याई काठमाण्डौ तर्फ लैजादै गर्दा यात्रुवहाक बसको डिक्कीबाट करिव ११ लाख ८० हजार बराबरको सो सामान नियन्त्रणमा लिन प्रहरी सफल भएको हो ।

त्यस्तै बिहीवारनै भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करिव ३२ हजार ५ सय मुल्य बराबरको साडी, चिनी, चिम (बल्ब) लगायतका मालसामान रामग्राम नगरपालिका ५ वाईपासबाट बरामद गरेको छ ।

उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु सामान फाली मोटरसाईकलमै भागेको प्रहरीले जनाएको छ । बरामद सवै सामान भन्सार कार्यालय बुझाइएको पश्चिम नवलपरासी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिएसपी राजु लामाले जनानकारी दिए ।

  • प्रकाशित मिति : मंसिर २, २०७८, बिहीवार ११:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८