मंसिर २,२०७८
करिब तिन हप्ता भन्दा धेरै भयो बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध बारले आन्दोलन गर्न थालेको। प्रधानन्यायाधीशको एक मात्र विकल्प भन्दै सबै काम ठप्प पार्दै कानुन व्यवसायीहरुले संघर्ष गरिरहेका छन।
यसरी लगातार आन्दोलन चर्किरहदा राजनैतिक दल र सरकार भने चुप छन। जसले गर्दा बारको आन्दोलनले निकास पाउन सकेको छैन ।
बिहीवार पनि सदाझै आन्दोलन चलिरहदा सर्वोच्च अदालतसँगै रहेको नेपाल बार एसोशिएसनमा चार जना अपरिचत व्यक्तिहरु प्रवेश गरे ।
अनावश्यक ब्यक्ति बार परिसरमा पुगेर आफुलाइ अमेरिकन इगल हु कानुन व्यवसायीहरूमाथि तथानाम गालीगलौज गर्न गरे । सबै वकिलहरूलाई एक एक गरि ठोक्छु , कोट च्यात्छु भन्दै तिनि कराउन थाले।
अपरिचित व्यक्ति आएर कानुन व्यवसायीहरुलाई गालीगलौज र धम्क्याउन थालेपछि आन्दोनमा रहेका कानुन व्यवसायीहरु पनि जाइ लागे। त्यहाँ हात हालाहाल समेत भयो ।केहि समय बार परिसर तनावग्रस्त भयो।
वकिलहरुले गालीगलौजमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए ।
आज मात्र हैन सधैंनै भित्र वकिल र बाहिर जबराको पक्षमा नाराबजि भइनै रहेको छ।
यदि यि कुरालाइ सरकारले सम्बोधन गरि निकास नदिने हो भने कुनै पनि बेला बारमा अप्रिय घटना हुन सक्ने देखिन्छ ।
प्रहरीले यति सुरक्षा गर्दागर्दै गेटमा कसैलाई प्रवेश नदिरहेको बेला जबराको पक्षमा नाराबाजी गर्दै तिनिहरु कसरि प्रवेश गर्न सफल भए रु यहाँ पनि गम्भीर प्रश्न उठेको छ।
नियन्त्रणमा लिएका व्यक्ति तीर्थ ढकाल भएको प्रहरीले जनाएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै बारका वकिलहरुले तीन साता यता लगातार आन्दोलन गर्दै आएका छन् भने प्रधानन्यायाधीश समर्थकले पनि वेला बेला काउन्टर आन्दोलन गर्दै आएका छन् । प्रहरीले यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८