हाकाहाकी आफुलाइ संस्थापन पक्षको भन्न रुचाउने खनालले सबै खाले काङ्ग्रेसको मत पाउनेमा शंका गर्ने ठाउँ भने पक्कै छ।
केपी शर्मा – मंसिर २,२०७८
नेपाली काङ्ग्रेस चितवनका नेता राजेस्वर खनालले पार्टी सभापति न्यायाधीश बराबर भएको र जसको निर्णय पहिलेनै थाहा नहुने बताएका छन।
भरतपुरमा बिहिवार काङ्ग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापति पदमा उम्मेद्बारी घोषणा गर्दै उनले सो कुरा बताएका हुन। तर न्यायाधीशले वकिलको भुमिका निभाउनाले अहिले पार्टीमा समस्या आएको उनले बताए । उनले भने ,’ पार्टी सभापति न्यायाधीशको , जसले वकिलको भुमिकामा बस्नु उचित हुँदैन र उसको निर्णय पनि पहिलेनै सार्बजनिक हुनु हुँदैन।’
अहिले काङ्ग्रेसमा पुस्ताको लाडाईँ भइरहेको बताउदै अब परिबर्तन र सोचको लडाईँ लड्ने बेला आएको उनले बताए। अब आफु सोहि अनुसार लडाइँ लड्ने बताउँदै सबै पुस्तालाइ एक ढिक्का बनाउन संकल्पका साथ आफु आएको उनको भनाइ थियो।
आफु काङ्ग्रेसको भातृ संगठन नेबिसंग र तरुण दलमा लामो समय काम गरेको र सोहि योगदानले अहिले काङ्ग्रेस जिल्ला सभापतिको दाबेदार हुन पुगेको खनालको भनाइ थियो।
आफुलाइ संस्थापन पक्षको राजनीतिकर्मि भनेर चिनाउ रुचाउने खनालले अधिबेशनको अन्तिम अबस्था सम्म आइपुग्दा आफुहरुको टिमनै तयार हुने दाबि गर्दै भने ,’ अन्तिम अबस्था सम्ममा हाम्रो टिमनै खडा हुनेछ तर उक्त टिममा परिपक्क काङ्ग्रेसका जो कोहि पनि हुन सक्नेछन।’
आफुहरुले तयार पारेको टिमले पार्टी भित्र कुनै गुट उप गुटलाइ फाइदा पुग्ने भन्दा पनि समग्र चितवन काङ्ग्रेसलाइ सबल र सक्षम बनाउने उनले दाबि गरे।उनले भने ,’थाइ रुपमा गुट हुँदैन। केन्द्र संग मिल्ने भन्दा पनि यहाँको परिबेस अनुसारको टिम बन्छ।’
आफुले काङ्ग्रेसको १२ औ महाधिवेशनको दुर्दशा र १३ औं महाधिवेशनको साइजलाइ पुर्न रुपमा परिबर्तन गर्न काङ्ग्रेस चितवनको सभापतिमा उम्मेदवारी दिएको खनालले बताए ।
यो महाधिवेशनमा आफुले सभापतिमा जित्ने र अबको पाँच बर्षमा काङ्ग्रेस चितवन र तिनका भातृ संगठनलाई आजिबन परिपक्क बनाउने संकल्पका साथ अगाडि बढेको उनको भनाइ थियो।
काङ्ग्रेस चितवनका जिल्ला सभापतिहरु सम्पुर्ण अग्रजहरुको साथ आफुलाइ रहेकोले अबको १४ औं महाधिवेशनमा आफुले पार्टी सभापति जित्नेमा कुनै संका नरहेको खनालको दाबि थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८