मंसिर १, २०७८
चितवन । नेकपा एकीकृत समाजवादी पार्टीको भरतपुर १० मा युवा कमिटी गठन गरिएको छ । बुधवार बसेको युवाहरुको भेलाले ५१ सदस्यीय कमिटी गठन भएको हो ।
जसको अध्यक्षमा महेश सुवेदी, बरिष्ठ उपाध्यक्षमा अमिर थापा, उपाध्यक्षमा पुरुषोत्तम सुवेदी, सचिवमा नितेश सापकोटा, सहसचिवमा सजिता तामाङ र खुसमाया काउचा रहेका छन् ।
बुधवारको भेलाले २६ सदस्यीयको टुंगो लगाएको र वाँकी विस्तार गर्दै जाने जनाइएको छ । पार्टीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने लब्लीको प्र्रमुख आतिथ्यतामा र वडा कमिटी अध्यक्ष बासुदेव घिमिरेको अध्यक्षतामा उक्त भेला बसेको हो । जिल्लामा आक्रमक पार्टी संगठन विस्तार गरेको समाजवादीले सवै प्रकारका कमिटीहरु गठन गर्दै गइरहेको छ ।
नयाँ पार्टी भएकाले पाँच दलीय गठवन्धनलाई यथावत राख्दै जिल्ला देखि केन्द्रसम्म निर्वाचनमा सहभागी भई आफ्नो वर्चस्व बढाउने योजनामा पार्टी रहेको कार्यक्रमका प्रमुख अतिथि न्यौपानेको भनाई रहेको थियो ।कार्यक्रममा समाजबादि प्रेस संगठनका केन्द्रिय सदस्य हरि अधिकारिले समेत आफ्नो मन्तब्य राखेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८