• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माओवादीले बन्दुक थमाउदै गर्दा काँग्रेसले पासपोर्ट थमाएर के गल्ती भयो? विश्वप्रकाश शर्मा


माओवादीले बन्दुक थमाउदै गर्दा काँग्रेसले पासपोर्ट थमाएर के गल्ती भयो? विश्वप्रकाश शर्मा

देशमा भइरहेको उद्योग कलकारखाना बन्द भएर रोजगारी गुम्दा नयाँ उद्योग कलकारखाना खोल्नु त परेको कुरा, उद्योगहरु वन्द हुनुको विभिन्न तर्क दिएर पुष्टि गर्नुले यो चुनावी भाषण हो भनेर भन्न कुनै आपत्ति नहोला ।

केपी शर्मा-   मंसिर १, २०७८ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले द्वन्द्वकालमा आमयुवालाइ बाहिर पठाउन प्रेरित गरेर गल्ती नगरेको बताएका छन् । चितवनको भरतपुरमा आयोजित दलमा रुपान्तरण देश रुपान्तरणका लागि एवम ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

जुन वेला माओवादीले देशको युवाजगतलाई जवरजस्त बन्दुक थमाउँदै थियो त्यो बेला काँग्रेसले पासपोर्ट बनाएर बिदेशीन प्रेरित गरेको उनको भनाई थियो । आफू सत्तामा रहदा युवाहरुलाई विदेशीन किन वाध्य पारियो भनेर जनताले काँग्रेसलाई पटक पटक प्रश्न सोधेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले चाहेर नभई माओवादीले बन्दुक थमाउदा वाध्य भएर सो क्रम बढेको उनले स्वीकारे । उनले भने,“माओवादीले बन्दुक थमाउदा काँग्रेसले पासपोर्ट थामएर के गल्ती भयो ? यही कुरा जनतालाई बुझाउन जरुरी छ । ”

विदेशमा पसीना बगाउने नेपाली युवाहरुलाई विर्सन नहुने भन्दै शर्माले विदेश पठाउनु वाध्यताको कदम भएको बताए । विदेशमा हुने नेपालीसँग पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको भूगोल नभएपनि भावनाको नेपाल छ भन्दै उनले माओवादीको हिँसात्मक द्वन्द्वले नेपाली युवाहरु विदेशीन वाध्य भएको बताए । तर अव काँग्रेसले ती युवा सहित नेपाली जनतासँग नजिक रहेर जवाफ दिँदै त्यतीवेलाको वाध्यता प्रष्टयाउनुपर्ने उनको धारणा थियो ।

जनकपुर चुरोट कारखाना काँग्रेसले बन्द गरायो भन्ने आरोप लगाउँदै गर्दा गिरिजाप्रसाद कोइरालाले चुरोटको प्रति खिलीमा २५ पैसा बढाएर भरतपुरमा क्यान्सर अस्पताल बनाएको स्मरण गर्न उनले आग्रह गरे । उनले भने,“जनकपुर चुरोट कारखानामा ४ सय जनाको रोजगारी गुम्यो भनेर कराउँदै गर्दा भरतपुरमा हजारौँको रोजगारी मिल्ने क्यान्सर अस्पताल खुलेको छ । जहाँ त्यही चुरोट खाएर हुने रोगको उपचार हुने गर्छ । ”

छालाको जुत्ता सिलाउने ठाउँमा काँग्रेसले अहिले मान्छेको मुटु सिलाउने अस्पताल खोलेको भन्दै उनले जनतालाई यी कुरा बुझाउन नेता कार्यकतालाई आग्रह गरे । उनले भने,“बाँसवारीको छालाजुत्ता कारखाना बन्द भएको हो । तर अहिले सोही ठाउँमा हजारौँ मुटु रोगीहरुको महिनामै उपचार हुन्छ । यसलाई पनि काँग्रेसले रुपान्तरण हो भनि बुझ्न र बुझाउन सक्नुपर्छ । ”

उनले अहिले जनताले रुपान्तरित काँग्रेस खोजेको भन्दै यदी साँच्चै पार्टीलाई रुपान्तन्रण गर्नेहो भने जनताको हरेक प्रश्नहरुको उत्तर दिन सक्नुपर्ने बताए । जतिसक्दो संवाद गर्न सक्यो त्यतिनै काँग्रेससँग जनता नजिक हुने उनको तर्क थियो ।

आगामी १४ औँ महाधिवेशनबाट भिजन भएको नेतृत्व छान्न उनले आह्वान गरे । कार्यक्रममा बोल्दै नेता शर्माले अव लगातार तीन पटकसम्म निर्वाचन जित्न सक्ने भिजन भएको नेता छनौट गर्न आवश्यक भएको बताउँदै नेपाली काँग्रेसमा वीपी कोइराला चिन्तनको चरम अभाव खड्कीएको उनको भनाई थियो ।

काँग्रेसलाई रुपान्तरण गर्न आफूले झापाबाट २२ बुँदे सार्वजनिक गरेको र त्यसलाई अध्ययन गरी थप सुझाव दिन आग्रह गरे । पछिल्ला नेतृत्वकर्ताहरु पटक पटक पदमा दोहोरिन चाहाने प्रवृत्तिका कारण क्षमता भएका व्यक्तिहरु पछि परेको गुनासो गर्दै अव सुधारिन आवश्यकता भएको उनको भनाई थियो ।

  • प्रकाशित मिति : मंसिर १, २०७८, बुधवार १२:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८