• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा बिप्लब समुहको मसाल जुलुस, भोलि नेपाल बन्द!

  • खबरदाता

चितवनमा बिप्लब समुहको मसाल जुलुस, भोलि नेपाल बन्द!

कात्तिक २९,२०७८

 

चितवन । पेट्रोलयम पदार्थको मुल्य वृद्धिको बिरोधमा नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले चितवनमा आज साँझ मसाल जुलुस गरेको छ।

मुल्य वृद्धि बिरुद्ध चरण बद्ध आन्दोलन गर्दै आएको सो पार्टीले भोलि मंगलबार गर्ने भनिएको नेपाल बन्दको पुर्बसन्ध्यामा चितवन जिल्लाका नारायणगड , माडि, टांडि,पर्सा , भण्डारा र चनौलिमा मसाल जुलुस सहित कोण सभा गरेको हो।

मसाल जुलुस शान्तिपुर्ण रुप मा सम्पन्न भएको बिप्लब नेतृत्वको नेकपा चितवनका इन्चार्ज सन्देश पौडेलले जानकारि दिए। माडि बाहेकका स्थानमा भने मसाल जुलुसमा प्रहरीले सामान्य हस्तक्षेप गरेको उनले बताए ।

जिल्ला इन्चार्ज पौडेलले सरकारले प्रत्येक हप्तामा पेट्रोलको मुल्य वृद्धि गरेको र  यसका बिरुद्ध  पार्टीले   नेपाल बन्द  गर्न बाध्य भएको बताए ।

भोलि बिधालय , कलकारखाना , उद्योग , यातायात तथा सम्पुर्ण बजार बन्द हुने बताउँदै उनले भोलिको बन्द सफल पार्न आम चितवनबासिलाइ अनुरोध समेत गरेका छन।

  • प्रकाशित मिति : कात्तिक २९, २०७८, सोमवार १४:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८