• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जीवन बीमासँगसँगै सामाजिक कार्यमा सिटीजन लाइफ


जीवन बीमासँगसँगै सामाजिक कार्यमा सिटीजन लाइफ

कात्तिक २५, २०७८

सिटीजन लाइफ इन्स्योरेन्स नारायणगढ शाखाले जीवन वीमा सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको चौथो वार्षिकत्सवको अवसर पारेर भरतपुर ११ स्थित गणेशधाम मन्दिर परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

सो कार्यक्रममा कम्पनीले बीमा के हो ? र बीमा बाट के फाइदा हुन्छ ? सर्वसाधरणले बीमा किन गर्नुपर्छ ? सवैलाई बीमाको पहुँचभित्र कसरी पुर्याउन सकिन्छ भन्ने कुराहरु राखेका थिए । आफ्नो वार्षिकत्सवको अवसरमा गणेशधाम व्यवस्थापन समितिलाई डस्विन समेत विरतण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री विजय सुवेदीले राज्यले जनतालाई विरामी पर्दा अथवा बुढेशकालमा दिनुपर्ने सहयोगवापतको रकम दिन नसकिरहेको अवस्थामा सिटीजन लाइफ इन्स्योरेन्सले जीवन बीमा मार्फत सो कुरा पुर्याइरहेको बताए ।
उनले भने,“त्यसैले यो भन्न सकिन्छ की राज्यले गर्नुपर्ने दायित्व सिटीजन लाइफले गरीरहेको छ। ” बीमाका अलवा समाजिक कार्यमा पनि इन्स्योरेन्स कम्पनी लाग्नुले अरुभन्दा सिटीजन लाइफ फरक महसुस गरेको बताए । उनले भने,“अहिले गणेशधामलाई गरेजस्तो सहयोग निरन्तर रुपमा संस्थाले गरिरहोस्। आउदा दिनमा अझ सफलता मिलोस मेरो शुभकामना छ।”


कार्यक्रममा भरतपुर ११ का वडाअध्यक्ष बाबुराम अधिकारीले आउँदा दिनमा पनि इन्स्युरेन्स कम्पनीबाट आफूहरुले सहयोगको अपेक्षा राखिराख्ने बताए । भरतपुर २ का वडाअध्यक्ष पूर्णवहादुर श्रेष्ठले बीमाले जीवनको जोखिम कम गर्ने भन्दै सम्पूर्ण सर्वसाधरणलाई बीमाको पहुँच भित्र पुर्याउन राज्यको दायित्व रहेको उनले बताए ।

जीवन बीमा बारेमा सिटीजन लाइफ इन्स्योरेन्स नारायणगढ शाखाका प्रमुख गोकर्णवहादुर कार्कीले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण कम्पनी एजेन्सी म्यानेजर गोविन्द पौडेलले गरेका थिए भने अर्का एजेन्सी म्यानेजर प्रेम अछामीले धन्यावाद दिएका थिए ।

कार्यक्रममा स्थानीय सर्वसारधणको उल्लेख्य सहभागीता रहेको थियो ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७८, बिहीवार ०७:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८