• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

यो सरकारले देशलाई पार लाउदैन : इश्वर पोखरेल


यो सरकारले देशलाई पार लाउदैन : इश्वर पोखरेल

कात्तिक २५, २०७८

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अहिलेको सरकारले उल्लेख्य काम गर्न नसकेको आरोप लगाएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

सरकारको पृष्ठभूमि हेर्दा समेत अहिलेको अवस्थालाई पार लाउने सरकार नभएको प्रष्ट हुने उनको भनाई थियो । उनले भने,“सरकारलाई सहयोग गरेका शक्तिहरुलाई हेर्दा देशलाई पार लगाउने खालको सरकार बनेको छैन । ”

पछिल्लो समय १० बुँदे कार्यान्वयनको विषयलाई लिएर विवाद वढ्दै गएको कुरामा आफ्नो भनाई राख्दै उनले आधारभूत रुपमा यो विषय कार्यान्वयन भइसकेको दावी गरे । कहिँकतै केही नमिलेको भए स्थानीय पार्टी पंक्तिले नै समाधान गर्ने उनको भनाई थियो । उनले भने,“१० बुँदे आधारभूत रुपमानै कार्यान्वयन भइसकोको छ । कहिँकतै नभएको भए स्थानीय तहका पार्टी नेतृत्वले नै समाधान गर्नेछ । ”

नेकपा एमालेको भरतपुर महानग कमिटीको सपथग्रहण गराउन आएका पोखरेलले अव आउने चुनावमा एमाले पहिलो शक्ति हुने र आफ्नै सरकार हुने बताए । आज नै उनले पार्टीको १० औँ महाधिवेशन हुने नारायणी नदी किनारको अवलोकन समेत गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७८, बिहीवार ०६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८