कात्तिक २४,२०७८
चितवनको नारायणी नदि किनारमा सुर्यदेवको पुजा आराधना गरि छठ पर्ब मनाइएको छ।सोमबार देखि सुरु भएको छठ पर्बको आज (बुधबार) मुख्य दिन अस्ताउदो सुर्यलाइ अर्घ्य दिएर मनाइएको हो।
बिगतको तुलाना यसपटक धेरै भिडभाड देख्न सकिन्थ्यो ।तराई मुलकामा बसोबास गर्नेले मनाउने परम्परा भएपनि सबै धर्बालम्बिहरुको उपस्थिति देख्न सकिन्थ्यो ।
साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइयो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
हर्नुस तस्बिरमा छठ पुजा……


गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८