• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बन्द रहेको भृकुटी कागज कारखाना भित्र पुरुषको शव फेला


बन्द रहेको भृकुटी कागज कारखाना भित्र पुरुषको शव फेला

कात्तिक २१, २०७८

नवलपुर/ नवलपुरको गैँडाकोटमा रहेको भृकुटी कागजकारखाना भित्र मृत अवस्थामा एक पुरुष भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार ती व्यक्ति गैंडाकोट ५ बस्ने वर्ष अन्जादी २४/२५ का प्रकाश कुमाल रहेका हुन् ।

स्थानीयका अनुसार कुमाल कार्तिक १५ गते राती ११ बजे साथीसँग घर बाट निस्केका थिए । वन्द रहेको कारखानाबाट सरसामान चोरी गर्न जाँदा माथिबाट खसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन् ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७८, आइतवार ११:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८