कात्तिक २१,२०७८
सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।
सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएको थियो।
दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० गोविन्द थापाले जानकारी दिए ।
बसमा करिब ३५ यात्रु रहेको प्रहरीले जनाएको छ।प्राय सबै यात्रु तिहार मनाएर फर्किएकाहरू रहेका हुन् । प्रहरीले जनाए अनुसार अहिले पनि उद्धार भइरहेकोले ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन ।
गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत नेपालगञ्ज र काठमाण्डौ पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।मृतकलाइ जिल्ला अस्पताल खलंगा लैजाने समेत तयारि भइरहेको प्रहरीको भनाइ छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८