• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

  • खबरदाता

हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

कात्तिक २१, २०७८

हात्तीले आक्रमण गर्दा चितवनमा एक पुरुषको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका १ स्थित घलानचोकको ड्याम साइडमा जंगली हात्तीले आक्रमण गर्दा सोही ठाउँका सागर लामाको मृत्यु भएको हो ।

चितवन प्रहरीका अनुसार शनिवार सागर सहित कृष्ण लामा, शक्ती गुरुङलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।

ड्याम साइडमा घुम्न भनि गएका कृष्ण लामा सामान्य घाईते भएको र सागर लामा भाग्ने क्रममा उक्त सयम सम्पर्कबिहिन भएकोमा प्रहरी र स्थानीयद्वारा खोजतलास गर्ने क्रममा आइतवार विहान मृत अवस्थामा उनी भेटिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७८, आइतवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८