• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

छठ लगत्तै काँग्रेसको १३ जिल्लामा वडा अधिवेशन


छठ लगत्तै काँग्रेसको १३ जिल्लामा वडा अधिवेशन

कात्तिक २१,२०७८

छठ पर्व लगत्तै नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्ने भएको छ। भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन नै सुरू गर्न सकेको छैन। ती जिल्लाहरुमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलाली रहेका छन् ।

ती जिल्लामा वाँकी रहेको वडा अधिवेशन छठ लगत्तै गर्ने काँग्रेसले जनाएको छ । रसुवा र रौतहटमा अझै क्रियाशील सदस्यता विवाद भने टुंगिएको छैन।

यही कात्तिक २७ गते बाँकी रहेका जिल्लाका वडा अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ। यसअघि कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ।

साथै २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व ल्याइसकेको छ भने बाँकी ८ जिल्लामा पनि छठलगत्तै जिल्ला अधिवेशन गर्ने तयारी छ। हिमाली जिल्लामा अधिवेशन गराउनका लागि निर्वाचन अधिकृत तोकिइसकेका छन्।

कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने भनेको छ। त्यसअघि प्रदेश, जिल्लालगायत विभिन्न तहमा रहेका पार्टी संरचनाका लागि अधिवेशन हुनेछन्।

  • प्रकाशित मिति : कात्तिक २१, २०७८, आइतवार ०४:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८