• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

नारायणगडमा तिहार लक्षित किनमेल गर्नेको भीड

  • खबरदाता

नारायणगडमा तिहार लक्षित किनमेल गर्नेको भीड

कात्तिक १८,२०७९

चितवनको नारायणगढ बजारमा तिहारलक्षित किनमेल गर्नेहरुको भीड बढेको छ।

तिहारको आज लक्ष्मी पूजा भएकाले सरकारी विदा समेत सुरु भएपछि किनमेल गर्नेहरु अझ बढेका हुन् ।

मुख्य पसलमा भन्दा बढी फुटपाथमा किनमेल गर्नेहरु धेरै रहेका हुन् । मुख्य बजार नारायणगढ को शहिदचोक, पुल्चोक ,लायन्स चोकमा किनमेल गर्नेको सख्या धेरै रहेको छ । बढि भीड शहिदचोकका फुटपाथमा देख्न सकिन्छ ।

अधिकाशले तिहार पर्वका लागि आवश्यक पर्ने माला, ढाका टोपी, अ‍ोखर,सप्तरङ्गी टीका धेरै किन्ने गरेको व्यवसायीहरुले बताएका छन् । यो पटक फुटपाथमा सयपत्री फूलको माला धेरै देख्न सकिन्छ भने भारतीय माला पनि विक्रीका लागि राखेको पाइयो ।

  • प्रकाशित मिति : कात्तिक १८, २०७८, बिहीवार १४:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८