• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भट्टराईको अभिव्यक्तिले उनको बौद्धिकता माथि प्रश्न

  • खबरदाता

भट्टराईको अभिव्यक्तिले उनको बौद्धिकता माथि प्रश्न

भट्टराई रहेको एमाले पुर्ण रुपमा प्रतिपक्षीमा पुगेको छ भने माधब नेपालको पार्टी केन्द्र देखि प्रदेश सम्म सरकार हाँकिरहेको छ।

कात्तिक १८,२०७८

 

माधव नेपालको साथ लिएर नेपाललाइ केपी शर्मा ओलीविरुद्ध उचाल्नु उचालेर अन्तिम समयमा धोका दिएका एमाले नेता योगेश भट्टराई आफ्नै अभिव्यक्तिका कारण विवादित भएका छन् ।

अन्तिम अवस्था सम्म आफुले साथ लिएको नेता माधब कुमार नेपाल प्रति गरेको टिप्पणीले भट्टराई अहिले बिबादित र आलोचित बनेका हुन।

एमाले प्रचार विभाग प्रमुखका हैसियतमा बुधबार उनले दिएको एउटा अभिव्यक्तिले उनको खुबै आलोचना भएको छ। उनले नजिकबाट हेर्ने बौद्धिक बर्गले भट्टराईको बिचलित मानसिकता भनेका छन।

बुधबार उनले दसौँ महाधिवेशनसम्बन्धी कार्यक्रमको स्वरुपबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा उनले महाधिवेशनमा बोलाइएका अतिथिहरुका बारेमा पनि जानकारी दिएका थिए । माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)लाई भने निम्तो दिन नसकिने उनले बताएका थिए ।

यहाँसम्म त ठिकै थियो । उनले माधव नेपालको पार्टीको जन्म नै अवैध रहेको र त्यस्तो अवैध गर्भधारणबाट जन्मिएको सन्तानलाई मान्यता दिन नसकिने उनले बताए। । त्यति मात्र हैन पहिचान, नाम थर र ठेगाना नभएको पार्टी भनेर पनि उनले होच्याए । त्यसपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको छ ।

भट्टराईको अभिव्यक्तिलाई धेरैले लैंगिक संवेदनशीलताको कोणबाट आलोचना गरेका छन् । सन्तान जन्माउने कुरा आमाको एकल निर्णय र स्वविवेकको विषय भएकाले वैध वा अवैध भनेर कसैले करार गर्न नसक्ने भन्दै भट्टराईले पुरुषवादी चिन्तन प्रस्तुत गरेको आलोचकहरुको भनाइ छ।

सामाजिक सञ्जालमा मिलन लिम्बूले लेखेका छन्–
‘जन्मका लागि आवश्यक संसर्ग कहिले अवैध हुँदैन । अवैध त समाजले बनाउने हो । यो अर्थमा जन्म वैध र अवैधका हुँदैन ।

प्राणी जातको जन्म प्रकृयालाई जोडेर योगेश कमरेडले एकीकृत समाजवादीलाई अवैध सम्बन्धबाट जन्मेको पार्टी भनेछन् !

त्यसो भए, एमाले कुन प्रकृयाबाट जन्मेछ योगेश कमरेड ?’

भट्टराईले नारी अस्मितालाई अस्वीकार गरेको, मातृत्वमा आमाको स्वविकीय अधिकारमाथि धावा बोलेको, बाबु पत्ता नलागेका वा एकल आमाले जन्म दिएका निर्दोष सन्तानलाई होच्याएको भनेर पनि टिप्पणी भएका छन् । केहीले भने भट्टराईको चेतनामाथि नै प्रश्न गरेका छन् । आजको युगमा पनि सन्तान जन्माउने प्रक्रियालाई वैध र अवैध भनेर कोटीकरण गरेको टिप्पणी समेत सामाजिक सञ्जालमा गरिँदै छ ।

भट्टराई अब केही समय यही अभिव्यक्तिका कारण आलोचनाको फन्दामा पर्ने देखिएको छ । उनले समय छँदै माफी माग्छन् वा बचाउमा अरु केही तर्क गरेर थप आलोचना खेप्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

भट्टराई रहेको एमाले पुर्ण रुपमा प्रतिपक्षीमा पुगेको छ भने माधब नेपालको पार्टी केन्द्र देखि प्रदेश सम्म सरकार हाँकिरहेको छ।

 

  • प्रकाशित मिति : कात्तिक १८, २०७८, बिहीवार ००:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८