कात्तिक १७,२०७८
नवलपुर/नेकपा एमाले गैँडाकोटको अध्यक्षमा षडानन्द लामिछाने विजयी भएका छन् । आज भएको निर्वाचनमा उनले २२९ मत ल्याई निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी गिरीराज उपाध्यायले १८८ मत ल्याएको निर्वाचन समितिका संयोजक रामुकान्त अर्यालले जानकारी दिए । लामिछाने ४१ मतको फरले अध्यक्षमा जित हासिल गरेका हुन् ।
उपाध्यक्षमा भने यस अघिनै नवराज कडेँल निर्विरोध चयन भइसकेका छन् । त्यस्तै आजै सम्पन्न चुनावमा उपसचिवमा श्रीराम सुवेदी २३१ र कोकीसरा रानामगर १७६ मतका साथ विजयी भएका हुन् ।
उनीहरुको प्रतिस्पर्धी खेमनारायण लम्सालले १३२, विमल शर्माले १२० र नरबहादुर थापाले १२१ मत ल्याएका थिए ।
निर्वाचनमा ४५६ प्रतिनिधि रहेपनि ४३८ जनाले मतदान गरेको निर्वाचन अधिकृतले जानकारी दिए । सचिवमा जभने गन्नाथ पौडेल सर्वसम्मत चयन भइसकेको छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८