कात्तिक १७, २०७८
यस पालिको तिहारमा चितवनवासीले चौविसै घण्टा देउसीभैलो खेल्न नपाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसारणका नाममा अनुरोध गर्दै बुधवार विज्ञप्ती निकाल्दै रातिको ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ ।
कसैले पनि कुनै प्रकारका आतिशवाजी,पटका जस्ता विष्फोटक पदार्थहरु विक्रि वितरण नगर्न तथा प्रयोगमा नल्याउन समेत उसले अनुरोध गरेको छ ।
कानुनले बर्जित गरेका जुवातास,कौडा,सट्टेबाजी लगायतका जुवाजन्य कुनैपनि खेलहरु नखेलाउन र नखेल्न समेत अनुरोध गरेको छ ।
कुनैपनि कार्यक्रम गर्दा वा चाडपर्व मनाउँदा भड्कीलो तथा उत्तेजित नगर्न र कोभिड १९ सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८