• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा भोलि बेलुकामात्रै विद्युत आउने सम्भावना


भरतपुरमा भोलि बेलुकामात्रै विद्युत आउने सम्भावना

कात्तिक १६, २०७८

भरतपुरमा अवरुद्ध भएको विद्युत बुधवार बेलुकामात्रै सुचारु हुने भएको छ । भरतपुर ११ बसेनीमा रहेको सवस्टेशनमा समस्या आएपछि आजदिनभर भरतपुरका केही स्थानमा विद्युत अवरुद्ध भएको थियो ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार सो सवस्टेशनमा रहेका दुई वटा ट्रान्सफरमरमध्ये गत विहीवार नै एउटा बिग्रीएको थियो । त्यसैदिन देखि विद्युत प्रशारणमा समस्या आएको भरतपुरमा आज पुन अर्को ट्रान्सफर्मर विग्रिएपछि पूर्णरुपमा विद्युत अवरुद्ध भएको हो ।
२२ एमभिएको एउटा ट्रान्सफर्ममर जगेडा गरेर बुधवार साँझ सम्ममा केही स्थानमा विद्युत आपूर्ति सहज बनाइने पौडेलले जानकारी दिए । अहिले भरतपुरको वडानम्वर १,२,३,४,५,६,७,८,९ र १० मा पूर्णरुपमा लाइन अवरुद्ध भएको छ ।
यदि भोलि उक्त ट्रान्सफर्ममरले काम नगरेमा बिहीवार मात्रै लाइन सूचारु हुने पौडेलले जानकारी दिए ।

  • प्रकाशित मिति : कात्तिक १६, २०७८, मंगलवार १३:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८