• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तिहारमा झिलिमिलि बाल्न कुलमानको आह्वान

  • खबरदाता

तिहारमा झिलिमिलि बाल्न कुलमानको आह्वान

कात्तिक १६,२०७८

नेपाल विद्युत् प्राधिकरणले यसपालिको तिहारमा विद्युतको समस्या नहुने बताएको छ।

प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङले यस पालि प्राधिकरणले तिहारमा जति पनि माग धान्ने बताएका हुन।

उनले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको बताए ।

भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने उनको भनाइ छ।

अहिले पनि प्राधिकरणको आन्तरिक उत्पादन दिनमा २ सय मेगावाट र रातिमा ५ सय मेगावाटसम्म मागभन्दा बढी भएकोले तजति विद्युतको माग आएपनि प्राधिकरण माग धान्न तयार रहेको घिसिङले बताए ।

उनले ग्राहकलाई ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्न आग्रह गरे । सो दिनमा प्रायः उद्योगहरु बन्द भएकाले घरायसी र व्यापारिक माग मात्रै हुन्छ । यही कारण प्रणालीमा सो दिनमा पनि ‘पिक डिमान्ड’ले रकर्ड नराख्ने प्राधिकरणको प्रक्षेपण छ ।

‘बाहिर प्राधिकरणले सो दिनमा मागअनुसार बिजुली आपूर्ति गर्न सक्दैन कि भन्ने आंशका छन्,’ घिसिङ भने,’ तर, हामी जति माग आएपनि त्यसको व्यवस्थापनका लागि सक्षम छौं ।’

  • प्रकाशित मिति : कात्तिक १६, २०७८, मंगलवार १०:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८