अव आउने चुनावमा दुई तिहाई बहुमत एमालेको आउँछ भनेर दावी गरेका ओलीले कार्यकर्तालाई अघिल्ला वर्षभन्दा मेहनत गर्न दिएको निर्देशनले ओलीले पार्टी कमजोर भएको महसुस भने गरेको सहजै अुनमान लगाउन सकिन्छ ।
केपी शर्मा
कात्तिक १५, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अव आउने कुनैपनि चुनावमा एमालेले सिँगो बहूमत ल्याउने दाबी गरेका छन् । दुई पटक सम्म चुनावबाट भागेका दलहरुले आफै चुनाको घोषणा गर्ने समय आएको र त्यो कसरी गर्छन् भनेर आफूले हेरिरहेको उनले बताए ।
चितवनको भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनलाई सम्वोधन गर्नेक्रममा ओलीले अब आउने चुनावमा एमाले वाहेकका दलहरु पराजित हुने दावी गरेका हुन् । उनले भने,“जुनसुकै हत्कण्डा अपनाएपनि अवको चुनावमा एमाले वाहेक अन्य दलहरुलाई जनताले धोवीले लुगा पछारेझैँ पछारिदिनेछन् । ”
उनले जनता जनार्दन भएकै कारण नेकपा एमाले वाहेक अन्यलाई भोटनै नदिने बताए । जुनसुकै पार्टीको कार्यकर्ता या भोटर भएपनि मतदान केन्द्रभित्र पसेर भोट हाल्ने वेलामा सूर्य भन्दा वाहेक अर्को चिन्ह नदेख्ने उनको दावी थियो । उनले भने,“भोट हाल्न भित्र पस्छ । सवै चिन्ह हेर्दा सूर्य मात्रै देख्छ । त्यसैमा छाप हान्छ वाहिर निस्कन्छ । ”
राम सीताको जन्मस्थल र वाल्मिकी आश्रम भएको ठाउँमा आफूले अपपवित्र मान्छेलाई बोकेर चुनावमा गल्ती गरेको उनले बताए । दुई दुई पटक सम्म यहाँ आएर प्रचण्डलाई मत मागेको सम्झदै अव कहिल्यै त्यो कार्य नदोहोर्याउने उनको भनाई थियो । उनले भने,“काँग्रेसले छोरी बोकेको देखेर आफूले बाउ बोकेको, केही उपाय लागेन । ”
एमालले १० औँ महाधिवेशन चितवनमा गर्नेकुरालाई प्रचण्डले आफूलाइ हराउन खोजेको भन्नु हाँस्यास्पद रहेको उनले बताए । उनले भने,“चितवनमा महाधिवेशन गरे पनि नगरेपनि अवको चुनावमा जित एमालेकै हो । चितवनमा महाधिवेशन गर्दैमा एमालेले जित्ने र नगर्दैमा हार्ने भन्ने हुँदै होइन । त्यसैले अरु कोही पनि हामी देखी डराइरहनुपर्ने आवश्यक छैन । ”
कार्यक्रममा बोल्दै ओलीले अवको चुनावमा पाँच गठवन्धन मात्रै होइन सवै मिलेर आएपनि एमाले एक्लैले चुनाव जितेर बहूमत ल्याउने र मूलढोकाबाट सिँहदरवार प्रवेश गर्दै शासन सत्ता चलाउने दावी गरेका थिए ।
अहिलेको सरकार परमादेश र सेटिङकै आधारमा तयार भएको उनले बताएका छन् । अहिले सर्वोच्चमा देखिएको सम्पूर्ण विवाद त्यसैको जड भएको भन्दै उनले भने,“सेटिङ र परमादेशबाट कसरी सरकार बनेछ, न्यायाधीशरुनै आफै ओकल्न थालेका छन् ।”
चितवनको भरतपुरमा भएको एमालेको अधिवेशनबाट हुने नेतृत्वले चितवनमा रहेका सम्पूर्ण जनताको मतको रक्षा गर्न निर्देशन दिए । उनले भने,“चाहे नेकपा एमालेलाई मत दिउन वा अन्य पार्टीलार्ई तर अवका दिनमा मतको रक्षा गर्न सवै युवाहरु एक हुनुहोस ।”
आगामी चुनावमा चितवनबाट तीन सांसद केन्द्रमा र ६ सांसद प्रदेशमा जसरी जिताउन कार्यकर्तालाई अोलीले आग्रह समेत गरे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८