कातिक १४, २०७८
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुई जना सिक्री चोरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रामग्राम नगरपालिका ५ बुद्धचोक बाट लु ७४ प ४५०८ नम्बरको मोटरसाईकलमा सवार रहेका नवलपरासी सुनवल नगरपालिका १२ बस्ने देवराज यादव र रामग्राम नगरपालिका १३ बस्ने अजय केवट रहेका छन् । उनीहरुको साथबाट २ थान सुनको सिक्री बरामद गरिएको हो ।
बरामद भएको सिक्री मध्ये एक थान १३ गते बर्दघाट नगरपालिका ११ लण्डनब्रिजबाट चोरि भएको र अर्को एक थान ९ गते बर्दघाट नगरपालिका १३ धनेवाबाट चोरी गरेको खुलेको छ । पक्राउ परेका दुबै जनालाई चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कार्तिक १३ गते बिहान करिव १० बजेतिर बर्दघाट नगरपालिका ११ लण्डनब्रिजबाट पैदल हिडिरहेकी एक महिलाको घाँटीवाटै सिक्री लुटिएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८